कालिकोट – मुख्य मन्त्री उपस्थिति भयर सम्बोधन गरिरहेको कार्यक्रममा कालिकोटको पलाता गाउँपालिकाको थिर्पुमा बम बिस्फोट भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बम बिष्फोट भएको स्थानीय नागरिक र पत्रकारले बताए ।
कार्यक्रम शुरू भयलगतै मुख्यमन्त्री शाहीले आफ्नो सम्बोधन गरेलगत्तै शक्तिशाली प्रेसकुकर बम बिष्फोट भएको बताइएको छ। बिस्फोटबाट क्षतिग्रस्त रिपोर्ट आउन भने सकेको छैन् ।
उक्त विष्फोट पश्चात सुरक्षाकर्मीहरु अतालिएर भागभाग भएको स्थानीयले जनाएका छन्। विष्फोट कार्यक्रम स्थल र मुख्यमन्त्री चढेर आएको आएको हेलिकप्टर नजिकै भएको खबर छ।
युद्धमा अस्ताएका ताराहरू: जसका सपनाहरू अधुरै रहे -प्रकृति शाही
सदियौ देखि सामान्ती राज्य ब्यबस्था बाट गुज्रिदै आएको देशलाइ नयाँ बनाउने परिकल्पनाका साथ वर्गीय उत्पीडन र जातीय बिभेदको अन्त्य गर्न,जनबाद,समाजबाद हुँदै साम्यवाद ल्याउने सपना बोकेर आजभन्दा २० बर्ष अगाडि जुन समय आधी तुफान को बेगमा देशब्यापी सर्बहारा बर्गको मुक्तिको सन्देश लिएर रुकुम रोल्पा जाजरकोट कालिकोट लाई उदगम थलो बनाएर देशका अन्य भुभाग हरुमा रफ्तारमा फैलिदै गएको त्यो मुक्ति युद्धमा लामलाग्ने योद्धा हरु कमिलाको तांती झै थिए ।मालचरिको लस्कर झै जताततै युद्ध का यात्रीहरु भिरपाखा बनजंगलमा देख्न सकिन्थ्यो ।ठाउ ठाँउमा बन्दुक र बमगोला पट्कनु सामान्य परिस्थिति बनेको थियो ।
त्यतिबेला लाग्थ्यो देशले नितान्तै नयाँ स्वरुप बदल्दैछ अब नेपाल आमाको आखामा आँसु होइन ओठमा मुस्कान छाउदैछ समग्र नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ गाँस,बाँस,कपास ,स्वास्थ र शिक्षा जस्ता आधारभूत कुराहरुको ब्यबस्थापन ग्यारेन्टी हुनेछ ।शिक्षामा भैरहेको निजीकरण र ब्यापारीकरणको अन्त्य भएर सिपमुलक र ब्यबहारिक शिक्षाको आरम्भ हुनेछ,परनिर्भर होइन आत्मनिर्भरताको आभास हुनेछ।घुसखोरी र भ्रष्टाचारिहरुले पनि सुध्रिने मौका पाउनेछन् ।लागू पदार्थ दुर्ब्यशन जस्ता कुलतमा फसेकाहरुले पनि रुपान्तरण हुने मौका पाउनेछन् ।समाजमा भैरहेको महिला हिंसा र लिङ्गीय बिभेदको अन्त्य भएर नारी पुरुष समान हुनेछन् ।बलिया ले निर्बलियो माथी शासन गर्ने छैनन् ,सहयोग का हातहरु बढाउने छ्न ।जमिनदार र सुकुम्बासी बीचमा अन्तर रहनेछैन विभिन्न जात जाति, भाष, धर्मका समुदाय हरु एउटा बगैचा मा फुलेका बहुरंगीचंगी फुलहरु झै बिना विभेद झकमक फुलेर एउटा सुन्दर नमुना बगैंचा को परिचय बिश्वलाई दिलाउने छन ।यस्तै यस्तै अनगिन्ती सपनाहरू बोकेर आफ्नो ज्यानको प्रबाह नगरी युद्धमा होमिएका थिय हजारौं योद्धाहरु !
यिनै सुन्दर सपना बोकेर हिड्ने हजारौं वीर बिरङानाहरुले लक्ष्य सम्म पुग्न नपाउदै बिच यात्रा बाट नै अस्ताउनु पर्यो ।भौतिक रूपमा जिवित रहेका सहयात्रीहरुलाइ बाकी यात्रालाई निरंतरता दिदै लक्ष्य सम्म पुग्ने अभिभारा सुम्पेर अलबिदा भएका ती भौतिक शरीरहरु कहिल्यै न अस्ताउने तारा बनेर चम्किरहेका देख्न सक्छौ आत्मिक दृस्टी ले हेर्दा ।तर !
बिडम्बना !समयको खेल हो या मुख्य नेतृत्वको नियति शहिदका अधुरा सपनाहरू साकार हुन सकेनन । रफ्तारमा अगाडी बढी रहेको रथ लाई एक्कासि ब्रेक लगाइयो र लक्ष्य मा पुग्ने बाटो लाई मोडेर दायाँबायाँ तिर अल्मलाउन शुरु भयो । एकता नै बल हो भन्ने कुरालाइ चटक्कै बिर्सेर आफू आफुमा फुट्नु र खण्डित हुनुपर्ने अवस्था आयो। बिगतमा लिएको संकल्प लाई भुलेर आ आफ्नो ब्यक्तिगत स्वार्थमा लालायित हुने अवस्थाको सृजना भयो ।नाता वाद कृपा बादको पनि शुरूवात भयो ।जब जंगलको यात्रा बाट विश्राम लिएर शहर तिर छिरियो तब आरामदायी र सुबिधा भोगी हुने समय आयो ।बिस्तारै बर्गिय स्वार्थ लाई भुलेर ब्यक्तिगत स्वार्थमा लुप्त हुने बिचारको जन्म भयो ।हजारौं वीर बिराङागानाको रगतले सिंचिएको यो मातृभुमिले नयाँ काचुली फेर्नुको सट्टा पुरातन मै धकलियो ।नयाँ नेपाल निर्माण गर्ने अभियान मा लागेकाहरु बाट नै देश बर्बाद हुदैछ ,त्यही भित्र बाट नै घुसखोरी र भ्रष्टाचारिको जन्म हुदैछ ,त्यहीँबाट निरंकुशता को व्यबहार ले जन्म लिदैछ ,त्यहीँबाट शासक बनेर शासन गर्ने रहर जाग्दैछ यस्तै यस्तै थुप्रै कुकर्म का भागेदार बन्दै गइरहेको देखिन्छ ।
खै त ? कहाँ हराए ती साम्यवादमा नपुग्दा सम्म निरन्तर यात्रालाइ जारी राख्ने संकल्पहरु ?खै कता गए देश बदल्न खाएका कसमहरु ? हिजो जनताहरुमा देखाइएका उन्मुक्ति र परिवर्तनका आशाहरु आज झुठो आश्वासन मा बदलिदै छन् ।नेपाल आमाका हजारौं शपुतहरुले छोडेर गएका महान जिम्मेवारी लाई बेवास्ता गर्दै लुटको स्वर्गमा रम्ने आशा पलाउन थालेको पाइन्छ ।परिवर्तनको नाममा आफू आफुमा टुक्रिनु र विभिन्न दलहरू मा विलय हुँदै आफ्नो अस्तित्व लाई जोगाउन हम्मेहम्मे हुदैछ ।बिगतमा एउटा थालिमा भात खाएर एउतै मोर्चामा लडाइँ लड्ने साथीहरू लाई अहिले दुश्मनी र पुर्वाग्रह व्यबहार गरिदैछ ।कसैको सत्तामा बसेर शासन गर्ने अवस्था आयो त कसैले पुन: युद्धमा फर्किनु पर्ने अबस्थाको सृजना गरिदैछ ,सत्तामा रहेकाहरुले बाहिर रहेका साथीहरू जो कुनै बेला एकै मोर्चाका सहयात्री थिए उनैलाई गोलि हान्ने आदेश दिइदैछ ।दिनहुुँ हत्या हिंसा र बलात्कारका घटनाक्रमले महामारीको रुप ग्रहण गरिरहेका छन ।के यहि हो त सुशासन ,यहि हो समानता !
आखिर यस्तै खेलमा रमाउनु थियो भने किन हिजो सोझा साझा गरिब जनताका छोराछोरीहरुलाइ भएभरका सपनाहरू देखाएर उचाल्यौ ,किन निर्दोष र निमुखाहरुको रगतका खोला बगायौ,किन ? आफ्नो खुट्टामा उभिन लागेकाहरुलाइ पनि खुट्टा भाचेर मर्नु न बाच्नुको अबस्थामा पुर्याएर छोडेयौ ।किन कलम चलाईरहेको हातमा बन्दूक थमायौ ? किन वुर्जुवा शिक्षाको ढुग्ङ फुकेर हजारौ बाल-बालिका हरूलाई शिक्षाबाट विमुख वनाएर आफ्ना हतियार वनायौ र आज “घर न घाँटका “वनाएर पछार्यौ । सोझा साझा निमुखाहरूका भविष्य माथी खेलवाड किन गर्यौ ? किन भविष्यका कर्णदार हरूका भविष्य अन्धकार को खाल्डोमा जाकिदियौ ।
अवश्य पनी ति बुढा बा आमाका अश्रुधाराले सराप्नेछन् । ती कलिलो उमेरमै सिंन्दूर पुछिएका सिंउदा हरूको पाप लाग्नेछ । ना बालक ती बाल बालिका रोदनले डस्नेछन् । लाउ लाउ र खाउ खाउ भन्ने उमेरमै मृत्यु वरण गर्ने ती महान वीर शपुतहरूको रगतले पोल्नेछ । अझै समय छ विनासको मार्ग होईन युद्ध मैदानमा अस्ताएका ताराहरूले सुम्पेर गयको अभिभारा लाई पुर्णता दिने मार्गमा अघी बढ्न आह्वान गर्दछु ।







