banner

मस्को (एजेन्सी)। रुसी राष्ट्रपति भ्यादिमिर पुटिन पिता बनेको दावी गरिएको छ ।

मिडिया रिपोर्टमा उनकी कथित प्रेमिकाले यही महिना जुम्ल्याहा बच्चा जन्माएको दावी गरिएको छ । ओलम्पिककी स्वर्णपदक विजेता तथा जिम्न्यास्ट एलिना कबाएबा र राष्ट्रपति पुटिनबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र एलिनाले जन्माएका जुम्ल्याहा छोरा राष्ट्रपति पुटिनकै भएको समेत दावी गरिएको छ ।

रुसको अखबार मस्कोभस्किज कोम्सोमोलेट्सले दावी गरेको छ कि एलिनाकै कारण कुलाकोभ अस्पतालको भिआइपि फ्लोरलाई खाली गराइएको थियो । यद्यपि रुसी क्रेमलिन (प्रशासनिक कार्यालय) ले भने यस्तो रिपोर्ट खारेज गरेको छ ।

बच्चाको जन्मबारे धेरै जानकारी दिइएको छेन । बेलायती अखबार डेलीमेलले रुसको खुफिया विभागसँग जोडिएका सूत्रको हवाला दिँदै एलिनाले जुम्ल्याहा बच्चा जन्माएको उल्लेख गरेको छ । सिजेरियन डेलिभरीमा इटलीका डाक्टरले सहयोग गरेको उल्लेख गरिएको छ ।

एलिना खेल जगतबाट टाढा भएपछि मोडल बनेकी थिइन् । उनी २०१४ सम्म सांसद पनि थिइन् । अहिले एक राष्ट्रिय मिडिया ग्रुपकी प्रमुख छन् । एलिनालाई ‘द सिक्रेट फर्स्ट लेडी’ भनिन्छ । उनी राष्ट्रपति पुटिनभन्दा ३० वर्ष कान्छी छिन् ।

भ्वाइस अफ अमेरिकाका अनुसार २००८ मा पनि एलिनाले स्विजरल्याण्डको क्लिनिकमा एक छोरीलाई जनम दिएको दावी गरिएको थियो । त्यतिबेला पनि रुसी क्रेमलिनले रिपोर्ट खारेज गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार