नेपाल भ्रमणमा आएका सिंगापुरका एक पर्यटक बसेकै होटलमा मृत अवस्थामा भेटिएका छन्।
पोखराको लेकसाइडस्थित होटल ह्वाइट पर्लमा सिंगापुरका नागरिक ६६ वर्षीय कोस्चेङ टेक (पासपोर्ट नं ई४९३६९६०ए) बिहीबार बिहान मृत भेटिएका हुन्।
यही जेठ ६ गते ७ जनाको टोलीसहित नेपाल भ्रमणमा आएका टेक बुधबार पोखराको लेकसाइडस्थित होटल ह्वााइट पर्लमा श्रीमतीसहित बसेका थिए।
बिहीबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि श्रीमती पीएनजी पेकले उनलाई उठाउन खोज्दा बेहोस अवस्थामा भेटिएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि पु¥याइएको थियो। अस्पताल पु¥याउनासाथ उनलाई डाक्टरले मृत घोषित गरेको अस्पतालमा कार्यरत एक प्रहरी सहायक निरीक्षकले जानकारी दिएका छन्।
प्रहरीले मृत्युको कारण नखुलेको र घटनाका सम्बनधमा थप अनुसन्धान भइरहेको जनाएको छ।







