चितवनको रामपुरमा निर्माणाधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि चौतर्फी यसघटनाको आलोचना र बिरोध भईरहेको छ । रंगशाला निर्माणका लागि लगाईएको बार नेकपाका स्थानीय नेतासमेत रहेकाप्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बारभत्काईदिए । घटनापछि उनीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने व्यापक दबाब आएसंगै बार भत्काउने काममा संलग्नरहेका केही हिजै प्रक्राउ परेका थिए भने फरार रहेका नेकपाका स्थानीय नेता समेत रहेका प्रकाश कँडेललाई पनि प्रहरीलेप्रक्राउ गरेको छ । उनलाई पनि गएराती नै प्रक्राउ गरिएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।रंगशालाको बार भत्काउने कामको नेतृत्व नै कँडेलले गरेका थिए ।

बुझिए अनुसार कँडेलले  रेनु दाहाललाई मेयरको चुनाव जिताउँन प्रमुख भुमिका समेत खेलेका थिए । उनले बार भत्काउँदा पनि मेयर रेनु दाहाललाई मैले नै जिताएको हुँ कसले के गर्छ भन्दै रंगशालाको बार भत्काएको स्थानीयले बताएका छन् । उनले बार भत्काउने मात्र होईन कर्मचारीलाई समेत धम्की दिएका थिए । बार भत्काएपछि अनेक दुख र हण्डर खाएर देशका लागि रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल धरधर्ती रोएका थिए । घर परिवार केही नभनी देशका लागि र खेलाडीहरुका लागि रंगशाला निर्माणमा जुटेका उनलाई यतिबेला निरास र हतास नहुने सबैले हौसला दिईरहेका छन् ।

बार भत्काईएपछि धुर्मुसले रुदै भनेका थिए “यो दुखद घटना घटेको छ । एकाबिहानै स्थानीय र केही अराजक भिड जसको अगुवाईमा यो घटना भयो । आफनै आँखा अगाडी जनु दृश्य मैले देखे यो भन्दा कारुणिक दृश्य सायद मैले जीवनमा कहिल्यै पनि देखेको थिईन “। उनले डोजर लगाएर बार भत्काउनेहरुले पहिले पनि पटक पटक रंगशालामा कार्यरत कर्मचारीहरुलाई धम्काउने कमिशन माग्ने , उनीहरुको मान्छे हाल्नु पर्ने , उनीहरुको मेशिन चल्नु प¥यो यस्ता यस्ता धम्कीहरु दिँदै आएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार