मुगु केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १ मिनेटमा मुगुको जिमा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।







