सयाैं प्रहरीको घेरा र हस्तक्षेपका बिच सहिद गाेकुल राना ‘महान’ काे श्रद्धाञ्जलीसहित अाज दाङमा अन्त्यष्टी गरिएको छ ।

यहि जेठ १२ गते काठमाडौंकाे सुकेधारास्थित बम विस्फाेटमा परि सहिद हुनुभएका बबई गाउँपालिका ३ धनबासकाेटका गाेकुल राना ‘महान’ लाई अाज नेपाल कम्युनिस्ट पार्टीको झण्डा अाेढाएर अन्तिम श्रद्धाञ्जलीसहित ट्वाङ्खोलामा अन्त्यष्टी गरिएकाे छ ।

सहिद महानलाई उहाँको  घरमा सबै परिवारहरुसहित    उहाँकै श्रिमतीले नेपाल कम्युनिस्ट पार्टीको झण्डा अाेढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएकाे थियोे त्यसपछि ट्वाङ्खाेलामा अन्त्यष्टी गरिएको हो ।

सहिद महानलाई अन्तिम श्रद्धाञ्जलीसहित मलामी गएका उहाँका अाफन्त, स्थानीय जनमानसलाई सयौं प्रहरी परिचालित भएर अनावश्यक अातकिंत र त्रसित बनाएको छ । प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तुलसीपुर, पञ्चकुले, हापुरेबाट ड्रेससहित र शिविलमा खटिएका प्रहरी र सशस्त्र प्रहरी मलाममा गएका स्थानीय जनतालाई अातकिंत बनाउदै अनावश्यक साेधपुछका बिच अन्त्यष्टी गरिएको छ ।

यसैबिच नेपाल कम्युनिस्ट पार्टी दाङले बबई गाउँपालिका ट्वाङ्खोलामा सहिद महानकाे अन्तिम श्रद्धाञ्जली दिन र अन्त्यस्टी गर्न गएका जनसमुदायलाई अनावश्यक अातकिंत बनाउदै त्रासमय वातावरण सिर्जना गरेकोमा घाेर भत्सर्ना गरेको छ ।

दाङ सन्देशसँग कुरा गर्दै उहाँले भन्नुभयाे-‘ पूर्व माअाेवादी केन्द्रका केही सुराकीसहित परिचालित भएका शिविल र हात हतियारसहित ड्रेसमा रहेका प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धानका गुप्तचरहरुले गर्दा राम्रोसँग अन्त्यष्टी गर्न दिइएन, श्रद्धाञ्जलीमा समेत हस्तक्षेप गर्याे, हामीलाई जान पनि दिएन,अन्त्यष्टी गर्न गएका स्थानीय, जनताहरुलाई पनि यो सरकारले विभिन्न किसिमका प्रहरी परिचालित गरि अनावश्यक साेधपुछ, अातकिंत बनाउने जस्ता हर्कत गर्याे, यसकाे घाेर विरोध गर्दछु र सम्पुर्ण जनसमुदायमा त्रसित नहुन अाग्रह गर्दछु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार