काठमाडौं । एरियल विन्टर विश्वकी सबैभन्दा राम्री अभिनेत्रीमा गनिन्छिन् । उनको सुन्दरताको चर्चा अहिले जताततै छ । अन्तर्राष्ट्रिय मिडियाहरूमा छाएकी छन् ।
उनले यो ख्याती अहिले कमाए पनि जीवनमा केही कठिन समय बिताएको पनि अनुभव सुनाएकी छन् । र, गज्जबको अनुभवचाहिँ उनको स्तनको शल्यक्रिया हो ।

एरियलले सबैभन्दा बढी संघर्षचाहिँ स्तनको शल्यक्रियाका क्रममा नै भएको सुनाएकी छन् । २०१५ मा उनले शल्यक्रिया गराएकी थिइन् ।
मोटो भन्ने उनीबारेको निबन्धमा उनले शल्यक्रियाका बेला निककै दुखेको र त्यसपछि आफूमा आएको परिवर्तनका बारेमा लेखिएको छ ।
‘कलिली केटी हुनु र धेरै तौलको छाती रहनु दुखदायी हुन्छ । शारिरीक रूपमा तपाई पनि पीडित बन्नुहुन्छ’, उनले लेखेकी छन्,‘तपाईलाई चाहिने लुगा भेट्नुहुन्न, मैले नुहाउँदा लगाउने कपडा भेटेकी थिइन । म सेक्सी बन्न चहान्थे तर सकिन । मेरा उमेरका साथीजस्तै कपडा मैले भेटिन ।’

एरियल शरिरको शल्यक्रिया खासगरी स्तनकै पनि गर्नका लागि त्यति खुसी थिइनन् । तर गर्नैपर्ने अवस्था आयो ।
एरियलको जीवनमा आमासँगको सम्बन्ध निक्कै दुखदायी रह्यो । १४ बर्षको उमेरमा उनले आमाको घर छाडिन् र ३६ बर्षिया दिदीसँग बस्न थालिन् ।
अदालतको रेकर्डअनुसार उनले आमाबाट शारिरीक, मानसिक र भावनात्मक हिंसा भोगेकी थिइन् । अन्ततः परिणामका रूपमा एरियल १७ बर्षको उमेरमा स्वतन्त्र भएपछि ट्वीट गरिन्,‘कानुनी रूपमा अब म स्वतन्त्र छु । म भाग्यमानी भएँ । मलाई सहयोग गर्ने कानुनप्रति र मेरा जीवनमा आएका प्रिय मानिसहरू जसले अभिभावकत्व दिँदै राम्रो मौका दिए ।’








