काठमाडौं । वित्तिय अपराधमा संलग्न भएको आरोप खेप्दै आएका विवादित व्यवयसायी अजेय सुमार्गीलाई ठुलो झट्का लागेको छ । उनको २२ वटा बैंक खाता रोक्का गरिएको छ ।
अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको जानकारी दिएको छ ।
आज राष्ट्र बैंकले सुमार्गी, सुमार्गीको परिवार र सुमार्गी संलग्न रहेका सबै मिडिया तथा संघ–संस्थाका बैंक खाताहरु रोक्का गरेको हो ।
अदालतको फैसला नआउँदै आफ्नो कारोबार बैंक खाता रोक्कागर्दै बैंकले आफुमाथि अन्याय गरेको सुमार्गीले आरोप लगाएका छन् । राष्ट्र बैंकको यस्तो व्यवहारले विदेशी लगानी भित्राउन समस्या पर्ने सुमार्गीको बुझाई रहेको छ ।







