सबैको इच्छा-चाहना फरक फरक हुन्छ, त्यसरी नै सबैको बानी फरक फरक हुन्छ। कसैलाई विहानै ५ बजे उठी शरीर तताएर दिनभरीको लागि फूर्तीलो हुन मन लाग्छ भने कसैलाई साँझ नभएसम्म पसिना बगाउन मन लाग्दैन। अनि विहान व्यायाम गर्न रुचाउनेहरू भन्छन् कि साँझमा व्यायाम गर्नु ठीक हुँदैन फेरि साँझ व्यायाम गर्नेहरू पनि विहानमा व्यायाम गर्नुहुँदैन भन्छन्। तर साँच्ची नै व्यायाम गर्ने उचित समय कुन हो? कुन बेला व्यायाम गर्दा राम्रो फल प्राप्त गर्न सकिन्छ? शरीर सुसंगठीत बनाउन विहानै जिम जाने कि बेलुका?

Young woman silhouette practicing yoga on the sea beach at sunset

सत्य कुरा के हो भन्दा, दिनको कुनै निश्चित समयमा व्यायाम गर्दा कस्तो प्रभाव पर्छ भन्ने कुराको कुनै विश्वसनीय प्रमाण भेट्टिएको छैन। तथापी, व्यायाम गर्ने समयले तपाईँलाई कस्तो महशुस गराउँछ भन्ने कुरामा अवश्य पनि प्रभाव पार्दछ।

विज्ञहरू भन्छन् कि व्यायाम गर्ने त्यस्तो समय छान्नुपर्छ, जुन समयमा व्यायाम गर्दा आफ्नो समयतालिकालाई म्यानेज गर्न सकियोस् र त्यहि समय बानीसरह बसिरहोस्।

विहान व्यायाम गर्दा…

यदि नियमित व्यायाम गर्ने बानी छैन अथवा फुर्सद हुँदैन भने विहानमा व्यायाम गर्नु सबैभन्दा उचित हुने विज्ञहरू बताउँछन्।

“कुरा के हो भन्दा, दिनभरी अरू टेन्सनले थिच्नुभन्दा पहिल्यै व्यायाम गरेपछि दिनभरी जस्तोसुकै अवस्था आएपनि त्यसलाई थाम्न सक्ने हिम्मत आउँछ।”, अमेरिकी शारीरिक व्यायाम विशेषज्ञ, पिएचडी सेड्रिक ब्रायण्ट भन्छन्- “तर, विहानको बेला शरीरको तापक्रम सामान्यभन्दा कम नै हुन्छ र यदि विहान व्यायाम गर्ने हो भने अलि बढि समय लगाएर शरीरलाई तताउनुपर्छ।”Best Time To Exercise- Morning or Night (1)

जब अनिन्द्राले सताउँछ…

दुर्भाग्यवश, जतिबेला पनि स्नूज बटन थिच्नुलाई कसरतको श्रेणीमा गनिँदैन। तर यदि हिजो राति अनिदो बस्नुभएको थियो भने विहान उठेर शरीरलाई चलाउनु त्यति उचित पनि हुँदैन। यस्तो अवस्थामा दिनको समय अथवा साँझको समय कुर्नु उचित हुन्छ। तथापी, विहानको होस् या बेलुकाको, खाना खानेबित्तीकै कहिल्यै व्यायाम गर्ने भूल नगर्नुहोस्। खाना खाएको कम्तीमा पनि ९० मिनेटपछि मात्रै व्यायाम गर्नुपर्दछ। किनभने खाना खानेबित्तीकै हाम्रो रक्तसञ्चार प्रणालीले पाचनप्रणालीलाई सहयोग गरिराखेको हुन्छ र व्यायाम गर्नको लागि मांशपेसी प्रणालीमा चाहिने पर्याप्त रगत सञ्चार गर्न पाइराखेको हुँदैन।

साँझको बेला…

विहान चाँडै उठेपनि शरीरलाई फ्रेस राखेर आराम दिएर दिनभरीको लागि योजना बनाउने अनि व्यायाम र कसरतलाई साँझको लागि थितो राख्ने कसै-कसैको बानी हुन्छ। यो पनि एक तरिकाले ठीकै हो, यदि उसले नियमित त्यहि बानीलाई पछ्याउन सक्छ भने। किनभने विहान व्यायाम गर्दा शरीरसँग युद्ध गर्नुपर्ने हुन्छ, मतलब शरीर त शिथिल बस्न चाहन्छ, तर साँझको बेला दिनभरीको काम र हलचलले शरीरलाई तताइराखेको हुन्छ। मांशपेसीलाई पनि लचिलो बनाइराखेको हुन्छ, यति बेला व्यायाम गर्दा विहानको जस्तो मरिमेट्नुपर्दैन।Best Time To Exercise- Morning or Night (2)

तथापी, हालै अमेरिकाको सिकागोमा भएको एक खोजबाट के पत्ता लागेको छ भन्दा, विहान भन्दा साँझमा व्यायाम गर्दा त्यसको फल छिटो र सजिलैसित प्राप्त गर्न सकिन्छ। मतलब सुसंगठीत शरीर बनाउन चाहनेहरूले विहानभन्दा साँझमा जिम जानु उचित हुन्छ। साँझमा कसरत गर्दा शरीरमा भएको ग्लुकोजको मात्रामा नियन्त्रण आई चिनीरोग तथा हृदयघातबाट पनि बच्न सकिने सम्भावना उक्त खोजबाट देखिएको छ। साथै यसले हाम्रो पाचनप्रणालीमा सुधार ल्याई मीठो निन्द्रा समेत प्रदान गर्ने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्।

तथापी…

“व्यायाम भनेको आफूलाई मिल्ने अनि सजिलो हुने समयमा गर्नुपर्दछ।”, अमेरिकी पोषणविशेषज्ञ ‘अल्डना’ भन्छिन्- “अनि कहिलेकाहिँ नियमित बानीलाई पनि हलुका परिवर्तन गर्नु आवश्यक हुन्छ।” मतलब विहान कसरत गर्नेहरूले हप्ताको १/२ दिन साँझमा गर्दा त्यसबाट बढि सन्तुष्टि मिल्ने अल्डनाको भनाई छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार