नकुल चौलागाईं रोल्पा- नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको पार्टीले जेठ ७ गते भोजपुरमा प्रहरीद्वारा गोली प्रहारगरि हत्या गरिएका शहिद तिर्थ घिमिरे, काठमाडौंका २ ठाउँमा बम विस्फोटमा परि ज्यान गुमाएका महान, दिपेन्द्र, प्रज्वल, निरन्तरको सम्झनामा जेष्ठ १७ गते देशभरी नै श्रद्धाञ्जली सभा गरेको छ ।

यसै शिलशिलामा नेकपा रोल्पाले जिल्लामा रहेका साबिकका प्रत्येक गाबिसमा श्रद्धान्जली सभा कार्यक्रम सम्पन गरेको जनाएको छ ।

साथै रोल्पाका प्रत्येक बिद्यालयहरुमा शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण कार्यक्रम सम्पन्न भएको नेकपा रोल्पाका सेक्रेटरी प्रयासले बताए ।

आफु लुग्री इलाकाले आयोजना गरेको श्रद्धान्जली कार्यक्रम उपस्थित भएको समेत जानकारी दिए । उनका अनुसार साबिकका प्रत्येक गाविसमा जनताको सहभागितामा श्रद्धान्जली सभा सम्पन्न भएको हो !

यता रोल्पाकै गङ्गा देव गाउँपालिकाको पातिहाल्नमा पनि जनताको सहभागितामा बृहत श्रद्धान्जली सभा सम्पन्न भएको इलाका इन्चार्ज सन्दिपले बताए । पार्टी केन्द्रको निर्देशन अनुसार सहादत प्राप्त गर्ने योद्दाहरुको स्मरणमा शप्रत्येन्जली सभा सम्पन्न गरेको सन्दिपले बताए ।

उक्त सभामा जनसमुदायहरुको सहभागिता रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार