वि.सं.२०७६ साल ज्येष्ठ १८ गते । शनिबार । ईश्वी सन् २०१९ जुन ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि त्रयोदशी,२८ घडी २३ पला,बेलुकी ०४ बजेर ३२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र भरुणी,४८ घडी ३१ पला,रातको १२ बजेर ३५ मिनेट उप्रान्त कृतिका । योग शोभन,१९ घडी ३९ पला,मध्यान्ह ०१ बजेर ०२ मिनेट उप्रान्त अतिगण्ड ।
करण वणिज,बेलुकी ०४ बजेर ३२ मिनेट भद्रा,रातको ०४ बजेर ३४ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा ध्वाक्ष योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेट । दिनमान ३४ घडी १७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय भने फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानिबाट घाटा हुँन सक्छ ध्यान दिनुहोला । बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ । बिद्यामा सफलता पाउँन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछभने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुँनाले काम गर्न थप सहज हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुँनाले गुरुवर्गहरु खुसि हुँनेछन् । सरकारि धन तथा पैतृक धन सम्पति हात लाग्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) निर्णायक तहमा पुगिने तथा निर्णय क्षमतामा बृद्धि हुँनेछ । तपाईको कार्य शैलि सबैले मन पराउँने हुँदा समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बन्नेछ । ईष्टमित्र,आफन्तहरुका साथ जम्घट भई मिठो मसिनो स्वादिष्ट भोजनमा साथ रमाउँन सकिनेछ । नयाँ काम पाउँने प्रवल सम्भावना रहेकोछ भने नोकरिमा बढुवा हुँनेछ ।

सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे) बिभिन्न अवसर आउँने तर ति अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछि परिनेछ । काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाति रहनेछन् । कुनै योजना भए केहिदिन गोप्य राख्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामहरु समयमा सम्पन्न नहुँने तथा आलोचकहरु बढ्नेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिलेनै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउँनेछ भने आफन्त तथा दिदिबहिनिहरु सँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुँनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुँनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दानै राम्रो रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मानव निर्मित तथा भौतिक साधनको व्यापार व्यावसाय फस्टाएर जानेछ । जीवन साथि तथा मन परेको मान्छेको साथ रमाईलो यात्रा हुँने हुँदा मन प्रशन्न रहनेछ । परिवारबाट तपाईको काममा पुर्ण समर्थन प्राप्त हुँने हुँदा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लगि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अगाडि तपाईको नाम आउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानि हुँनेछ भने मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन पाईने हँदा मन प्रसन्न हुँनेछ । पुराना तथा थाति रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारि साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानि हुँनेछ भने अन्य क्षेत्रमा तपाईको उपस्थिति कमजोर रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । दाजुभाई तथा छिमेकिबाट तपाईले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुँनेछ ।

मीन (दी, दु,थ,झ,ञ,दे,दो,चा,ची) रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला पैसाकै कारणले आफन्त वा साथिभाई बिच मनमुटाव सिर्जना हुँनेछ । बोलिको प्रभाव घट्ने हुँनाले बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा भनेजस्तो आम्दानि गर्न कठिन रहेकोछ । साथिभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ खानपानमा ध्यान दिनुहोला ।
https://www.youtube.com/watch?v=ujf3Snv-4nA&t=3s







