काठमाडौ । आज बिहानै बस दुर्घटनामा पर्दा १६ यात्रु घाइते भएका छन् । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको हो ।

ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको अरनिको यातायातको बा ३ ख ५०६७ नं बस सैपुको सुनुवार गाउँमा दुर्घटना भएको जानकारी दिइएको छ ।

स्वास्थ्य चौकी सैपुका अनुसार ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी गाउँपालिकाका धनकुमारी पौडेल, टंकनाथ पौडेल,थरहरी पौडेल, सर्मीला पौडेल गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकी सैपुमा प्राथमिक उपचारपश्चात दुईवटा एम्बुलेन्सबाट काठमाडौं ल्याइएको छ ।

घाइतेको पाखुरा, टाउँको र खुट्टामा चोट लागेको छ भने करिब १० जना सामान्य घाइते भएका छन् । घाइतेका अनुसार दुर्घटनाको केही समय अगाडी बसको टायर पन्चड भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार