नेपाली सिनेमा क्षेत्रमा कुनै समय फेन्स सेन्स नभएको भन्दै खुबै आलोचना भोग्दै आएकी नायिका हुन बर्षा राउत । मोटो बजनकै कारण पनि आलोचित भएकी बर्षाले पछि आफनो अभिनय र राम्रा राम्रा फिल्महरुको कारण दर्शकहरुको मन जित्दै गईन् ।

यसबीचमा उनले राम्रो शुभेच्क्षुक र फ्यानहरु बढाएकीछिन् । कुनै समय फेसन सेन्सकै कारण आलोचित बनेकी बर्षा अब भने पहिरनकै कारण चर्चामा समेत आउँन थालेकीछिन् ।

हाल रिलिज भईरहेको फिल्म जात्रै जात्राको सफलताले दंग परेकी बर्षाले अष्ट्रेलियामा भएको शोको दौरान लगाएको पहिरनले उनी आलोचित पनि बनिरहेकीछिन् भने ट्रोलको सिकार बनेकीछिन् ।

 

प्राय सिम्पल पहिरन र भुमिकामा रुचाईएकी बर्षाले उक्त शोको दौरान लगाएको पहिरनको कारण उनलाई बिवाह भन्दा बिवाहपछि झन बोल्ड बनेको भन्दै ट्रोल बनाईरहेकीछिन् । उनको सोही पहिरनलाई लिएर डबल मिनिङ शब्द प्रयोग गरिएका ट्रोलहरु बनिरहेका छन् ।

हुनत बर्षा ट्रोल भएको पहिलो पटक भने होईन तर पहिरनकै कारण ट्रोल भएको भने पहिलो पटक नै हो । प्राय कलाकारहरु लाइमलाईटमा आउँन बोल्ड अनि हट पहिरनको साहयता लिने गर्छन् र विभिन्न स्क्यान्डल मच्चाउँने गर्छन् किनकी त्यसपछि मिडियाले राम्रै कभरेज गर्छ तर बर्षा आफैमा पनि लोकप्रिय नायिका हुन उनलाई चर्चामा आउँनकै लागि यस्तो पहिरनको आवश्यकता त थिएन होला तर बास्तविकता के हो त्यो भने उनैले जानुन् ।

 

https://youtu.be/-zi8TGI8nMI

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार