काठमाडौं । लोक गायक प्रकाश सपुतले आफ्नो गित बोल माया निकै हिट भएपछि त्यसैको अर्काmसिक्वेल गलबन्दी भन्ने गीत सार्वजनिक गरेका छन् । सो गीत पनि शनिवार यु ट्युवको ट्रण्डिगं १ मा पर्न सफल भएको छ ।
वैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई समेटिएर बनाइएको बोल माया ले लोगगितको क्षेत्रमा छुट्टै तरंग ल्याएको थियो । वैदेशिक रोजगारीमा गएका युवाको विदेशमै मृत्यु भएपछि परिवारले भोगेको पीडालाई गितमा दर्शाइएको छ ।
त्यसैको सिक्वेल गलबन्दी पनि अहिले दर्शकले निकै रुचाएका छन् । बोल माया टिमको गलबन्दी जुन गित प्रकाश सपूत र शान्ति श्री परियारले श्वर दिएका छन् ।
अहिले जताततै गल्बन्दीकै चर्चा भइरहदा गुल्मीको भाडगाउका ९-१० वर्षका बालबालिकाहरुले भने सो गीतलाई फरक ढंगले गाएका छन् ।
गलबन्दी गितवाट अभिप्रेरित भएर उनीहरुले गाएको गितको शब्द भने फरक छ तर गितवाट बालबालिकाले भने निकै मनोरञ्जन दिएका छन् । उनीहरुको दोहोरी हेरेर रमाइलो गर्नुस्







