काठमाडौं । भोजपुर सदरमुकाममै एक महिलाले आफ्नै नाबालक छोरालाई अचानोमा राखेर विभत्स हत्या गरेको घटनाले मुलुकभर तरंग उत्पन्न गरेको छ । आमाले त्यस्तो विभत्स तरिकाले आफ्नै छोरालाई कसरी हत्या गर्न सकेको होला भनेर सबैले प्रतिकृया दिइरहेका छन् । भोजपुर नगरपालिका ९, पानीट्याङ्कीमा भाडामा बस्दै आएकी सम्झना थापाले धारिलो खुकुरी प्रहार गरी २२ महिने छोराको हत्या गरेकी हुन् ।

मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया सम्झनाले छोरालाई अचानोमा राखी दुई टुक्रा बनाएकी थिइन् ।

उनी पानीट्याङ्कीस्थित जेठा भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा छोरा र श्रीमानसँग बस्दै आएकी थिइन् । हत्या गर्ने सम्झनाको केही महिनादेखि मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन्। घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।

सन्तुलन गुमाएकी सम्झना थापाले हत्या गरे पछि आफै मैले बाबुको हत्या गरेकी छु भनेर भनेकी थिइन् । त्यही बहिनीको भविष्यका लागि भन्दै विवाह समेत नगरेर बसेकी उनकी एक दिदी बहिनीले त्यस्तो अपराधिक काम गरेपछि विक्षिप्त बनेकी छन् ।

बहिनीले जन्माएको भए पनि त्यो बालकले आफुलाई नै आमा भनेर सम्बोधन गर्ने र एक छिन पनि नछोड्ने गर्थ्यो । अहिले बालकको सम्झनाले समेत विक्षिप्त बनेकी बालककी ठुली आमाले बहिनीका बारेमा केही रहस्यम कुरा बाहिर ल्याएकी छन् ।

https://www.youtube.com/watch?v=3Ihd_-Kx3vA&t=2s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार