मुम्बई । भारतमा लोकसभा निर्वाचन सम्पन्न भएर भारतीय जनता पार्टी स्पष्ट बहुमतका साथ अगाडी आएको छ । विश्वभरबाट अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईको ओईरो आउँन थालेको छ ।
योबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाई दिनु भएको छ । आज एक ट्विट गर्दै ओलीले आफु सँगै मिलेर काम गर्न आत्तुर भएको भन्दै जितका लागि बधाई दिनु भएको हो ।
यसको जवाफमा मोदीले नेपाल भारत पुराना मित्र भएको हुँदा आफु पनि काम गर्न आत्तुर भएको बताउँनु भएको छ । ओलीले दिएको बधाईको जवाफमा मोदीले धन्यवाद भन्नु भएको छ । अर्को रमाइलो के भने भाजपाबाट अभिनेता सन्नी देओल अहिलेको आम निर्वाचनमा उठ्नु भएको थियो । उहाँले विजयी पनि हासिल गर्नुभएको छ ।
योबीचमा रमाइलो के भयो भने भारतका चर्चित पत्रकार अर्नब गोस्वामीले आज आम निर्वाचनको अपडेट दिने क्रममा झुक्केर सन्नी देओल भन्नुपर्नेमा सन्नी लियोन भनेपछि बबाल भएको हो ।

अहिले गोस्वामी खुबै ट्रोल भइरहनु भएको छ । यता सन्नीले आफु कति भोटले अगाडी भएको भन्दै रमाइलो गरेकी छिन् । उनको त्यो रमाईलोले ट्रोललाई झनै मल हालेको छ । एजेन्सी








