अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का प्रमुख भूमिका रहेको चलचित्र ‘मारुनी’को फस्टलुक पोष्टरमा सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा साम्राज्ञी र पुष्पलाई स्थान दिइएको छ ।
टौवा क्रियशनद्दारा तयार भएको पोष्टरमा दूइको केमेष्ट्री खुब जमेको देखिएको छ ।
नवल नेपालले निर्देशन गरेका चलचित्र पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । पूनम गौतमले निर्माण गरेको चलचित्रमा राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री सह–निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा साम्राज्ञी र पुष्पको अलवा अभिनेत्री रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ । संजय लामाले खिचेको चलचित्रको बिषयवस्तुको बारे निर्माणपक्षले हाल केही खुलाएका छैनन् ।







