अभिनेत्री अदिति बुढाथोकी हाल मुम्बईमा छिन् । उनी मोडलिङका सिलसिलामा त्यहाँ छिन् । अदितिले इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी छिन्, जसले निकै चर्चा पाइरहेको छ । फोटोमा उनी निकै सुन्दर देखिएकी छिन् ।

रातो, बैजनी, नीलो आदि रङ मिसिएको ड्रेसमा उनले कालो चस्मा लगाएकी छिन् । यो गेटअपमा उनलाई खुबै खुलेको देखिएको छ ।

हालसम्म अदितिको फोटोलाई ४६ हजारभन्दा बढीले लाइक गरिसकेका छन् भनें सयौं कमेन्ट आएका छन् । उनको फोटोमा कमेन्ट गर्दै एकजनाले लेखेका छन्, ‘वाह ! राम्री हुनुको पनि सीमा हुन्छ नि यार ।’ अर्काले हिन्दीमा लेखेका छन्, ‘आप बहुत ही खुबसुरत दिखरही हो ।’

नेपाली फिल्म ‘कृ’मा  अनमोल केसीको अपोजिटमा देखिएकी अदिति अहिले मुम्बाईमा करिअर बनाउन व्यस्त छिन् । उनका फ्यान बलिउडतिर पनि बढेको बताइन्छ ।

https://www.youtube.com/watch?v=-zi8TGI8nMI&t=4s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार