एक बिहान जब नाओमी ज्याकब्स बिउँझिइन् । उनलाई याद नै थिएन कि उनी को हुन् ।
बेलायतको म्यानचेस्टर सहरको एउटा सानो घरभित्र बिउझिँदा उनले जीवनकै सबैभन्दा अनौठो तथा चमत्कार महसुस गरिन् ।
सन् २००८ को एक रात सुत्दा उनको उमेर ३२ वर्षको थियो । तर अर्को बिहान बिउझिँदा उनले आफूलाई १५ वर्षकी किशोरीको रुपमा पाएकी थिइन् । उनी सन् २००८ मा जागेकी थिइन् तर उनका लागि त्यो सन् १९९२ थियो । वास्तवमा उनी पछिल्लो १७ वर्ष अर्धचेत अवस्थामा थिइन् ।
उनले भनेकी छिन्, शुरुमा त मैले सोचेँ कि सपना देखिरहेकी छु । तर यो एउटा खराब सपना थियो । म जुन कोठामा जागेकी थिएँ त्यो पनि मैले देखेकी थिइन । बिउझिँदा मैले सुरुमा देखेको पर्दा पनि चिनिँन । कोठाका सबै चिज मेरा लागि नयाँ थिए । जिउमा लगाएका लुगा तथा आफ्नै जिउसमेत मलाई नौलो लागेको थियो । मैले आफूलाई ऐनामा हेरेँ । मेरो अनुहार बदलिएको थियो । अनुहार पहेँलो जस्तो देखिएको थियो र बुढ्यौली लागेजस्तो थियो । बोल्दाखेरि आफ्नो आवाज पनि अनौठो लाग्यो ।
तर आखिर कसरी सम्भव भयो यो सबै ?
वास्तवमा नाओमी पछिल्लो डेढ दशकदेखि झण्डै स्मरण शक्ति शून्य भएको अवस्थामा थिइन् । उनले आफ्ना सबै स्मरण गुमाएकी थिइन् । सन् १९९२ देखि स्मरण गुमाएकी उनले ब्युझिँदाखेरि २१ औँ सताब्दीको आठौँ वर्षमा थिइन् । तर उनले आफूलाई सन् १९९२ कै जस्तो ठानिरहेकी थिइन् जतिबेला उनी १५ वर्षकी मात्र थिइनन् दुनियाँमा पनि निकै फरक थियो ।
उनको स्मरण रहेको अन्तिम समयसम्म दक्षिण अफ्रिकामा स्वतन्त्रता आन्दोलन सकिएको थिएन । इराकमा सद्दाम हुसेनको सत्ता थियो भने बेलायतमा राजकुमारी डायनाका प्रशंसक बढिरहेका थिए । त्यस्तै अमेरिकामा कुनै काला जातिका मानिसका लागि ह्वाइट हाउससम्म पुग्ने कुराको इच्छा राख्नु सपनाजस्तै थियो ।
तर उनी ब्युझिँदा वा स्मरण शक्ति फिर्ता प्राप्त गर्दा अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए । यतिमात्र होइन उनी आफैं पनि एक १० वर्षे छोराको आमा बनिसकेकी थिइन् । स्मरण शक्ति गुमाएकै बेलामा उनको बिहे भई बच्चा पनि जन्मिसकेको थियो ।
सन् १९९२ मा स्मरण शक्ति गुमाउनु अघिसम्म उनी बेघर तथा लागूऔषधको अम्मली बनेकी थिइन् । त्यहीँ समय उनलाई बाइपोलर डिसअर्डर नामक समस्या देखियो र उनको सबै स्मरण शक्ति गुम्यो ।
अन्ततः बहिनी तथा साथीको सहयोगमा उनको निरन्तर उपचारपश्चात् उनले सन् २००८ मा स्मरण शक्ति फिर्ता पाइन् । उनले पछिल्लो समय आफ्नो अनौठो जीवनको अनुभूति बाँड्ने गरेकी छन् ।
एजेन्सी







