विभिन्न फन्डा गरेर चर्चीत बनिरहने बलिउड नायिका पुनम पाण्डे फेरी अहिले चर्चामा आएकी छन् । उनलाई फ्यानहरुले नै ट्रोल बनाइरहेका छन् ।
पुनमलाई ठगको संज्ञा दिंदै ट्रोल बनाइएको छ । चर्चामा आउन कै लागि उनका नग्न तस्बिर सार्वजनिक हुने गर्छन । उनलाई नग्नता प्रदर्शन गरेका कारण बोल्ड र विन्दास नायिका भन्नेहरु पनि छन् ।
फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी उनी सामाजिक संजाल र अन्य प्रविधिमार्फत आफ्ना फ्यानसँग मित्रता गरिरहन्छिन् । उनको फिल्म त्यती हिट हुन नसकेपनि उनले सामाजिक सञ्जालको प्रयोग भने निकै गर्छिन जसका कारण उनलाई फ्यानवाट टाढा हुनुपरेको छैन । तर, उनका यिनै फ्यानले उनको एपमार्फत उनलाई नै ठग भनिरहेका छन्।
पुनमले २०१७ मा आफ्नो एप लन्च गरेकी थिइन्। जहाँ उनको भिडियो र फोटो हेर्न सकिन्छ। एपमा क्वाइन किनेर उनलाई हेर्न सकिन्छ। तर उनले दावी गरेजस्तो सेवा नपाएपछि उनका फ्यानहरुले ठग भनेका हुन् ।
तर, पछिल्लो समय उनको यस एपमा विभिन्न नकारात्मक टिप्पणी हुन थालेका छन्। एक प्रयोगकर्ताले भनेका छन्, ‘मैले ६ हजार रुपैयाँ क्वाइनका लागि खर्च गरिसकेको छु तर, मलाई कुनै क्वइन मिलेको छैन।’ त्यसरी सेवा नपाउने धेरै छन् ।
जसका कारण अन्य प्रयोगकर्ताले पनि यस विषयमा मुख खोलेका छन्। यसै कुराबाट रिसाएका उनका प्रयोगकर्ताले पुनमको एक तस्बिरमा उनलाई ट्रोल बनाएका छन्। केही दिनअघि फिल्मफेयर अवार्डमा ड्रेसअपका कारण चर्चामा आएकी पुनमलाई सामाजिक संजालमा ट्रोल बनाउँदै भनिएको छ, ‘पुनमले यो ड्रेस नलगाएको भए पनि राम्रो हुन्थ्यो।’
पछिल्लो वर्ष रिलिज भएको उनको फिल्म ‘द जर्नी अफ कर्मा’ बक्स अफिसमा फ्लप भएको थियो। फिल्न नचलेपछि चर्चामा आउन पुनमले विभिन्न फन्डा गरिरहेको भारतीय मिडियाले समेत दावी गर्छन ।







