काठमाडौं । विश्वका चर्चित चर्चित फुटबल खेलाडी नेयमार जुनियरमाथि गम्भीर आरोप लागेको छ । ब्राजिलका खेलागी नेयमारमाथि बलात्कारको आरोप लागेको हो ।
ब्राजिल कै एक महिलाले नेयमारले आफूलाई फ्रान्स पेरिसको एक होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाएपछि विश्व फुटबलमा नयाँ तरंग उत्पन्न भएको छ ।
साओ पाओलोको प्रहरी कार्यालयमा दर्ता गरिएको उजुरीमा ती महिलाले ‘नेयमारले आफ्नो सहमतिबिना हिंसात्मक ढंगले यौन सम्पर्क गरेको’ आरोप लगाएको अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । इन्स्टाग्राममार्फत परिचय भएपछि नेयमारले आफूलाई पेरिसमा बोलाएर बलात्कार गरेको उनको दाबी छ ।
प्रहरीले नेयमारविरुद्ध बलात्कारको उजुरी परेको सूचना दिए पनि त्यसलाई सार्वजनिक गर्न नमिल्ने भएकाले हाल गोप्य राखिएको जनाएको छ । नेयमारका बुवा नेयमार सान्तोषले भने ती महिलाले ‘ब्ल्याकमेल’ गर्न त्यस्तो आरोप लगाएको बताएका छन् ।
‘ती महिला र नेयमार डेटमा गएको तर पछि नेयमारले उनलाई भेट्न नचाहेपछि पैसाको बार्गेनिङ गर्न उनले यस्तो आरोप लगाएकी हुन् । मेरो छोरोले यस्तो अपराध गनै सक्दैन,’ नेमारका एजेन्टसमेत रहेका सान्तोषले भने ।
यही जुन १४ बाट सुरु हुने फुटबल प्रतियोगिता कोपा अमेरिकाको तयारीमा रहेका नेयमारले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यो भन्दा पहिले क्रिष्ट्रियानो रोनाल्डो माथि अमेरिकी महिला बलात्कार गरेको आरोप लगाइएको थियो ।







