नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको लागि घुर्की लगाएको बताएका छन् । उनले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकासामु घुर्की लगाएको बताएका हुन् ।

पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष गजुरेलले प्रचण्डले प्रधानमन्त्रीको लागि घुर्की देखाएपनि ओलीले नटेर्ने बताए । पार्टी र सरकारमा भूमिकाविहीन हुँदै गएपछि प्रचण्डले ओलीलाई घुर्की लगाएको बताउँदै गजुरेलले पदको लागि सत्तरुढ (नेकपा) भित्रको किचलो बाहिर भएको बताए ।

पार्टीको क्रान्तिकारी युवा लिगको ३ नम्बर प्रदेशस्तरीय प्रथम सम्मेलनको उद्घाटन गर्दै गजुरेलले ओली नेतृत्वको सरकारले जनताको लागि कुनै काम नगरेको दाबी गर्दै, ‘वर्तमान सरकार राष्ट्रघाती, जनविरोधी भएकाले सबै मोर्चामा असफल भएको छ, यसले जनतालाई झन भार थप्‍नेछ ।’ उनले सरकारबाट देश र जनताले परिवर्तनको कुनै अनुभूति गर्न नपाएको बताए ।

सम्बोधनको क्रममा अर्को प्रसंगमा अध्यक्ष गजुरेलले नेपालमा क्रान्ति सफल नभएको भन्दै आफ्नो पार्टीले आन्तरिकरुपमा सशक्त क्रान्तिको तयारी गरिरहेको दाबी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार