काठमाडौं । अचानक अन्धाधुन्दा गोली चल्दा १२ जना मारिएका छन् । अमेरिकाको भर्जिनियामा गोली चलेपछि दर्जन व्यक्ति मारिएका हुन् ।

अहिलेसम्म प्राप्त जानकारीअनुसार कम्तीमा १२ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार भर्जिनियामा रहेको एक सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली हानेका हुन् ।

स्थानीय प्रहरीका अनुसार गोली हान्ने संदिग्ध व्यक्ति भर्जिनिया म्यूनिसिपल सेन्टरका कर्मचारी रहेका छन् । प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । तर उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

घटनामा एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीका अनुसार घटना शुक्रबार बेलुका भएको हो । भर्जिनिया बिचका मेयर बबी डायले यो शहरकै इतिहासको ‘सबैभन्दा त्रासदीपूर्ण घटना’ भएको बताएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार