पोखरा । प्रधानमन्त्री जस्तो गौरवमय गरिमामाथी प्रहार हुँदैछ । अरु कोहीबाट हैन उहाँकै आस–पासमा रहेका र सूचना, सल्लाह दिनेहरुबाट नै प्रधानमन्त्री केपी शर्मा ओलीको ओजिलो गरिमा घट्दै गएको छ ।

आज फेरी त्यस्तै भएको छ । उहाँलाई पोखराको लेकसाइडस्थित अवैध भवन र विबादित व्यक्तिको लगानीमा बनेको स्वस इन्टरनेसनल होटल उद्घाटनका लागि पुर्याईएको छ । होटल सञ्चालकले पाहुना तथा विभिन्न क्षेत्रका व्यक्तिलाई प्रधानमन्त्रीले साढे ९ बजे होटलको उद्घाटन गर्ने भनेर निम्ता बाँडेका थिए ।

सोही अनुसार प्रधानमन्त्री योजना बनाएर पोखरा जानु भएको थियो । उहाँ आज पानै ११ हुनै लाग्दा उक्त होटल सरोबर प्रांगणमा प्रवेश गर्नुभएको थियो । कार्यक्रम सञ्चालकले हलमा खचाखच पाहुनालाई प्रधानमन्त्री होटल प्रवेश गरिसकेको र औपचारिक कार्यक्रमसँगै होटल उद्घाटन हुने जानकारी दिइसकेका थिए ।

खेलकुदमन्त्री जगत विक, प्रदेशका मन्त्री र सांसद कार्यक्रम हलको मञ्चमा थिए । तर ओली कार्यक्रम हलमा जानु भएन । कार्यक्रम सञ्चालकले उद्घोष गरे, ‘प्रधानमन्त्रीज्यू आराम गर्दै हुनुहुन्छ । १५ मिनेटपछि कार्यक्रम सुरु गर्ने जानकारी गराउँदछौं ।’ हलबाट निम्तालु बाहिर निस्के ।

२५ मिनेट जति भीआपी कक्षमै बसेर प्रधानमन्त्री ओली उद्घाटन नै नगरी होटलबाट बाहिरिनुभयो । होटल मापदण्ड विपरीत बनेको र विवादित ब्यक्तिको लगानी रहेको सूचना नेकपा नेताहरुले बल्ल प्रधानमन्त्री उद्घाटन स्थलमा पुगेपछि मात्र दिए ।

जबकी त्यहाँ नेकपाकै तर्फका मान बहादुर जिसी उनका विश्वास पात्र भनिएका व्यक्ति महानगरपालिकाको मेयर छन् । उनले चै होटल विवादित रहेको भन्दै आफु नजाने प्रतिक्रिया दिएर बसे तर प्रधानमन्त्रीलाई त्यो सूचना दिन किन हिच्किचाए ? विवादित हिलो छ्याप्न प्रधानमन्त्रीलाई किन आफ्नै उद्दत छन् ?

यो कुराको जानकारी प्रधानमन्त्रीले पहिले नै किन भएन । ता की जानकारी पाएपछि प्रधानमन्त्री ओली होटल उद्घाटन नगरी बाहिरिनुभयो । पहिले नै थाहा भए सायद उहाँ जानुहुने थिए । प्रधानमन्त्रीबाट समुद्घाटन गरिएको शिलालेख समेत त्यही होटलमा तयार भएको छ । प्रधानमन्त्री त्यहाँ पुग्नुभएको छ । यसले के देखाउँछ ?

मापदण्ड मिचेर बनाएको होटलमा आफू नजाने प्रतिक्रिया दिएका पोखरा महानगरका मेयर मानबहादुर जिसीले प्रधानमन्त्रीलाई पहिले नै यो कुरा किन जानकारी दिएनन् । यस्ता घटनाले प्रधानमन्त्री ओलीलाई आफ्नैले विवादको हिलो छ्याप्न खोज्दैछन् भन्ने प्रमाणित हुन्छ ।

यो होटलको सबै तलाको अनुमति नै नलिएको र मापदण्ड विपरित अवैध ढंगले बनाइएको होटल उद्घाटन गर्न प्रधानमन्त्री आउने खबरसँगै आलोचना बढेको थियो । गएको पुसदेखि सञ्चालनमा आएको होटल शनिबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम थियो । होटलमा पुग्नुभएका प्रधानमन्त्री ओलीले पोशाक परिवर्तन गरेर स्काउटको लगाउनुभएको थियो ।

पोखरा लेकसाइडमा भर्खरै निर्माण सकिएर सञ्चालनमा आएको यो होटल ९ तले छ । स्विस इन्टरनेसनल होटल सरोबर नामको यो होटल क्षेत्रमा साढे २ तलाभन्दा अग्लो भवन बनाउन नपाइने पोखरा महानगरको मापदण्ड मिचिएको छ ।

होटलका अध्यक्ष प्राडा भरतराज पहारी छन् । उनी विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका ब्यक्ति हुन् । अन्तर्राष्ट्रियस्तरको भनिएको यो होटलका सञ्चाल पहारी भने पोखरामा पुरानो मापदण्ड चल्न नसक्ने र महानगरले नै विभिन्न समयमा ल्याएको मापदण्डअनुसारै आफूले निर्माण गरेको दावी गर्छन् ।

होटल सरोबरलाई पाँच तारेस्तरको होटल भनिएको छ । यो होटल सञ्चालनको जिम्मा स्विस इन्टरनेसनल होटल एन्ड रिसोर्टलाई दिइएको छ ।

होटलमा १ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको लगानीकर्ताको दाबी छ । ६ रोपनी जमिनमा फैलिएको होटल स्विस शैली, परम्परा र अनुशासनलाई पछ्याउँदै निर्माण भएको लगानीकर्ता बताउँछन् ।

तर यति धेरै लगानी गरेर विवादित व्यक्ति किन भित्र्याईयो । मापदण्ड विपरित किन बनाईयो ? यो विवादको हिलो प्रधानमन्त्रीमाथी छ्याीन किन खोजीयो निक्कै शंकाको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार