चितवन । विश्वकै दुर्लभ मानिने एक सिंगे गैंडामाथि एक व्यक्ति चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

गैंडामाथि मान्छे बसेको उक्त तस्वीर कहाँ, कस्ले, कहिल खिचेको र त्यो कुन गैंडा हो ? भन्ने पत्ता लागेको छैन । तर धेरैजसोले यो तस्वीर चितवनको सौराहा क्षेत्रकै हो भनेर प्रतिक्रिया दिएका छन् ।

गैंडाको मुख्य वासस्थान चितवन भएकाले र सौराहाको बस्तीमा सधैंजसो गैंडा डुल्दै आउने भएकाले त्यहींको होला भन्ने अनुमान धेरैले गरेका छन् ।

कसैले यो फोटो फोटोशप गरेर राखेको पनि भनेका छन् । तर इडिट नै गरेको भएपनि दुर्लभ वन्यजन्तुमाथिको यो अपमान हो भन्ने आशयका प्रतिक्रियाहरू पनि आइरहेका छन् ।

चितवनका पत्रकार नारायण ढुंगानाले बिहीबार साँझ यो तस्वीर फेसबुकमा शेयर गर्दै दुःख लागेको प्रतिक्रिया दिएपछि यसप्रति थप चासो बढेको छ । उनको पोस्टमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् ।

पत्रकार ढुंगानाको फेसबुकमा पोस्टमा हेम केपीले भने यो फोटो १५ वर्ष पुरानो हुनसक्ने अनुमान गरेका छन् ।

उनले भनेका छन्, यो आज भन्दा करिब १५ बर्ष पहिलेको फोटो हो कि जस्तो लाग्छ । जंगे नामको टुहुरो केटोलाई तत्कालिन मचान लजले केही समय पालेर पछि जंगलमा छोडेको थियो, तर पछि जंगलमा बस्न छोडेर मानव बस्तिमै रमाउने जंगे नामक गैंडा हो जस्तो लाग्यो । पहिलेको फोटो स्क्यान गरेर अपलोड गरेको होला । यो घटना पूर्वी चितवनको पिप्ले/भण्डारा/मनहरिको हुनसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार