लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)को लहरबीच फरक पार्टीबाट सांसद बनेकी नुसरत जहानले विवाह गर्ने भएकी छन् ।

उनी ममता बनर्जीले नेतृत्व गरेकी पार्टी तृणमूल कांग्रेसबाट सांसद भनेकी हुन् । बंगालको बसीरहाटबाट चुनाव जितेकी उनले चाडै विवाह बन्धनमा बाँधिने कुरा सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

अभिनयमार्फत धेरैको मन जित्न सफल भएकी यी सुन्दरीले कोलकताका व्यापारी निखिल जैनसँग विवाह बन्धनमा बाँधिने भएकी हुन् । सामाजिक सञ्जालमा नुसरताको विवाह वारेमा चर्चा हुँदै गर्दा उनको घरमा तयारी सुरु हुन थालेको छ ।

भारतमा सम्पन्न भएको लोकसभा चुनावमा भाजपाबाहेक फरक पार्टीबाट उमेदवार बनेकी उनले चुनाव जित्न सफल भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार