काठमाडौं । आज ललितपुरमा भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको हो । बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको नर्भिक अस्पतालले जनाएको छ । दुईवटा जीप एकआपसमा जुध्दा मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

https://www.youtube.com/watch?v=OHAhPccPyOA&t=29s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार