प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिंसाको राजनीति नगर्न सरकार र विप्लव नेतृत्वको नेकपालाई सुझाव दिएका छन् ।

रुपन्देहीको तिलोत्तमामा नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनको अवसरमा बोल्दै उनले सरकार र विप्लवलाई हिंसाको राजनीति नगर्न सुझाव दिएका हुन् ।

‘विप्लवहरुले बुझ्नुपर्छ प्रचण्डलाई मारेर जनगणतन्त्र आउँदैन, सिंहदरबारमा बस्ने केपी ओलीजीले पनि बुझ्नुपर्छ विप्लवलाई मारेर विप्लवको रगत चढाएर नेपालको लोकतान्त्रिक पद्धति पनि बलियो बन्दैन’, उनले भन,‘केपी ओलीजी शासकीय क्षमता देखाउनुस धैर्यता र समन्वयको खाँचो पनि देखियो ।’

संविधान जारी हुँदा दीपावली गर्ने र विरोध गर्नेहरुलाई मिलाएर नै मुलुकको हित हुने पक्षमा ध्यान दिन ओली नेतृत्वको सरकारलाई उनले सुझाव दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार