काठमाडौ । साताको पहिलो दिन आज आइतबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ६१ हजार ५०० रुपैयाँ पुगेको छ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य ६१ हजार २०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार तेजाबी सुनको मूल्य ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारको तुलनामा आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले बढेको हो। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५२ हजार ७२५ रुपैयाँ कायम गरेको छ भने तेजाबी सुनको मूल्य ५२ हजार ४७० रुपैयाँ कायम गरेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ७१० रुपैयाँ पुगेको छ।
https://www.youtube.com/watch?v=OHAhPccPyOA&t=19s







