काठमाडौं । सिरियाको राजधानी दमास्कस नजिकै भएको शक्तिशाली विष्फोटमा २३ जनाको ज्यान गएको छ । उत्तरी सीरियामा इस्लामिक स्टेट समूहले गरेको एक आत्मघाती कार विष्फोटमा १० जना मारिएका छन भने २० जना घाइते भएका छन् ।
सीरियन अब्जर्वेटरी फर ह्यूमन राइट्सका अनुसार ज्यान गुमाउनेहरुमा ५ जना नागरिक रहेका छन भने अन्य सैनिक रहेका छन् । यो आक्रमणको कसैले जिम्मा लिएको छैन तर आईएस नै यस क्षेत्रमा आक्रमण गरेको हुनसक्ने जनाइएको छ ।
आईएसले यो बाहेक अर्को शहरमा पनि आक्रमण गरेको जानकारी दिइएको छ । वेधशालाका निर्देशक रामी अब्देल रहमानले एएफपीलाई भने, ‘कार बम विष्फोटमा एसडीएफलाई निशाना बनाइएको थियो ।’
यो विस्फोट अल–नईम चोकमा भएको थियो । गएको ९ अप्रीलमा आईएसद्धारा गरिएको बम आक्रमणमा १३ जना मारिएका थिए जसमा धेरै जना नागरिक नै भएको जानकारी दिइएको छ । यो क्षेत्रमा लामो समय देखि युद्ध चलिरहेको छ । एजेन्सी
https://www.youtube.com/watch?v=OHAhPccPyOA&t=19s







