काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिनु भएको छ । लोकसभा निर्वाचनमा उल्लासपुर्ण जित हासिल गरेको भारतीय जनता पार्टीले फेरि नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाएपछि भारत पुग्नुभएका प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभएको खुल्न आएको हो ।

मोदीले गएको बिहिबार शपथग्रहण गर्नुभएको छ । योबीचमा उहाँले सम्पुर्ण बिम्स्टेक राष्ट्रिहरुलाई उक्त शपथग्रहण समहारोमा बोलाउनु भएको थियो । दुई देशबीचको सम्बन्धलाई थप मजबुत पार्नका लागि ओलीले मोदीलाई भ्रमणको निम्ता दिनु भएको हो ।

मोदी विगतको ५ वर्षे कार्यकालमा पटकपटक नेपाल आइसक्नु भएको छ । विदेश मन्त्रालयले दिएको जानकारी अनुसार मोदीले ओलीको निम्ता स्विकार गर्नुभएको छ ।

मोदी छिट्टै नेपाल भ्रमणमा आउँने विदेश मन्त्रालयले जानकारी दिएको छ । मोदीको शपथग्रहणबाट शुक्रबार नेपाल फिर्ता हुनु भएका ओलीले दुई देशबीचको सम्बन्ध समधुर राख्ने पक्षमा आफुहरुको भेट केन्द्रीत भएको जानकारी दिनु भएको थियो ।

विदेश मन्त्रालयले भनेको छ, ‘प्रधानमन्त्री ओलीले मोदीको सफल कार्यकायका लागि शुभकामना तथा बधाई दिनुभयो । दुई प्रधानमन्त्रीले आफुहरुको नेतृत्वमा नेपाल–भारत सम्बन्धलाई लिएर खुःशी व्यक्त गर्नुभयो ।’

भारतमा विदेशमन्त्रीका रुपमा एस जय शंकर आउँदा नेपालमाथि केही असर पर्छ कि भन्ने आम जनताको बुझाई गलत भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । News Source 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार