प्राय सबै मानिसलाई कुनै न कुनै किसिमको ग्याष्ट्रिक हुने गरेको छ । मानिसहरूले यसलाई सामान्य रुपमा लिन्छन् । तर, यसको समयमै ख्याल नगरेमा अल्सर र अल्सरबाट क्यान्सर हुने सम्भावना प्रवल रहन्छ ।
त्यसपछि मानिसको जीवनलाई नै खतरामा ढाल्दिन्छ । त्यसकारण ग्याष्ट्रिकलाई सामान्य रुपमा नलिइकन प्रारम्भिक चरणदेखि नै यसको रोकथाम गर्नु पर्छ । आज हामी तपाइँलाई ग्याष्ट्रिक के हो, यसका कस्ता लक्षण हुन्छन् र यदि ग्याष्ट्रिक भइहालेमा कस्ता -कस्ता खाने कुरा खान उपयुक्त हुन्छ भन्ने बारेमा तपाइँलाई जानकारी दिने छौं ।
के हो त ग्याष्ट्रिक ?
हाम्रो पेटको ग्याष्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्याष्ट्रिक रस निष्कासन गर्छ, र सो रस सामान्यभन्दा बढी निष्कासन भयो भने अथवा अन्य कुनै कारणबस पेटमा बढी एसिड जम्मा भयो भने ग्याष्ट्रिक हुने गर्दछ ।
ग्याष्ट्रिक धेरै चिन्ता गर्ने, तनाव लिने तथा बढी पिरो, अमिलो, मसालेदार पदार्थ, चिया–कफी, रक्सी–चुरोट पिउने, ठीक समयमा नखाने आदि कारणले हुने गर्दछ ।
ग्याष्ट्रिकका लक्षणहरू:
पेट, छाती र घाँटीमा जलन हुनु, अमिलो डकार वा पानी आउनु ग्याष्ट्रिकको मुख्य लक्षण रहेको पाइन्छ । यसको अरु लक्षणहरुमा कहिलेकाहीँ बान्ता हुनु, कब्जियत हुनु, भुँडि ढाडिनु, टाउको दुख्नु थप लक्षणहरु हुन् ।
ग्याष्ट्रिक हुँदा के खाने ?

१. कार्बोहाइड्रेट कम खाने
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।
२. कागती पानी खाने
पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।
३. दूध नखाने तर दही खाने
ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ ।
४. समयमा खाना खाने
ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ ।
५. पानी प्रशस्त खाने
लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जीउमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रिङ्क्स खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् ।
६. लसुन पानी खाने
बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।
याे पनि पुरा पढ्नुहाेस्
ग्याष्टिक भनेको पेटमा ग्यास भरिनु हो । सामान्यतया मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिने यो सामान्य जस्तो देखिने भएता पनि यो रोगले कालान्तरमा विकराल रुप लिन सक्छ । जब ग्याष्टिक बढ्दै जान्छ यसले पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ ।
धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जान पनि सक्छ ।
ग्याष्ट्रिक नभइन्जेली मानिसले जथाभावी जे मन लाग्यो त्यही गर्ने बानीले यसले विकराल रुप लिने हो । यो रोग लागीसकेपछि निको बनाउन अत्यन्तै कठीन हुन्छ । तर निरन्तर फलोअप गरेको खण्डमा यसलाई निको बनाउन पनि सकिन्छ ।
पहिलो कुरा त हामीले जिउँदै आएको जीवन शैलीलाई तत्कालै परिवर्तन गर्नु जरुरी हुन्छ ।
पहिलो जस्तो खानपान र रहनसहन भन्दा टाढा बसेर काम गर्ने हो भने यो विस्तारै कम हुन्छ । प्रश्स्त पानी पिएको खण्डमा त्यसले विकराल रुप लिन पाउँदैन ।
त्यस्तै विहान, वेलुका १० मीनेटको हाराहरीमा अलोलम विलोलम गर्दै पेटमा भएको अम्लीय पर्दाथलाई बाहिर फाल्नसकेको खण्डमा धेरै हदसम्म निको हुन्छ ।

ग्याष्ट्रिकको बिरामीले अमिलो, पिरो, चिल्लो, मसलेदार खाना हेर्नु सम्म पनि हुँदैन । धेरै तातो र धेरै चिसो खाना नखाइकन ६ महिनासम्म यो अभ्यास गरेको खण्डमा तपाईलाई सहज हुन्छ । त्यस्तै एसिडिटी बढाउने खानेकुरा तथा कोलड्रिङस पनि कम गर्नुपर्छ ।
दिन होस् वा रात थोरै–थोरै खाना धेरै पटक खाइरहँदा पेटमा ग्याँस भरीन पाउँदैन । खाएका हरेक खाना राम्रोसँग चपाएर खाना खानाले र सुत्नुभन्दा ४ घण्टा पहिला खाना खाइसक्ने बानीले ग्याष्ट्रिक कम हुन्छ ।
तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।







