अमेरिकी भिसा आवेदकलाई नयाँ नियम आयअमेरिकी सरकारले अमेरिकी भिसा आवेदकका लागि नयाँ नियम लागू गरेको छ ।नयाँ नियमअनुसार अब आवेदक (काम गर्न वा अध्ययन गर्न जानेहरू) ले सामाजिक सञ्जालसम्बन्धी आफ्ना सम्पूर्ण विवरणहरू बुझाउनुपर्ने हुन्छ ।

अमेरिकी विदेश मन्त्रालयको नियमानुसार आवेदकले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका इमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ ।

‘अमेरिकामा वैध भ्रमणका लागि सघाइरहँदा हामीले अमेरिकी नागरिकको रक्षाका निम्ति हाम्रा जाँच गर्ने प्रक्रियालाई सुदृढ बनाउने संयन्त्र पत्ता लगाउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं’,विदेश मन्त्रालयले भनेको छ ।

ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलो पटक त्यस्ता नीतिबारे प्रस्ताव गरेको थियो ।

नागरिक अधिकारसम्बन्धी द अमेरिकन सिभिल लिबर्टिज युनियनले ‘सामाजिक सञ्जालसम्बन्धी यस्ता पर्यवेक्षण प्रभावकारी वा निष्पक्ष भएको कुनै प्रमाण नदेखिएको’ जनाएको छ ।

यसअघि आतंकवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो ।

https://www.youtube.com/watch?v=OHAhPccPyOA

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार