सुन्तला:

कहिल्यै पनि खाली पेटमा सुन्तला खानु हुँदैन । खाली पेटमा सुन्तला खाएमा ग्यास भरिनुका साथै पेटमा संक्रमण समेत हुनसक्ने चिकित्सकहरूको सुझाब छ । सुन्तलालाई जहिले पनि स्न्याक्सको रुपमा मात्रै प्रयोग गर्नुपर्छ । स्न्याक्सका रुपमा जुनसुकै बेला पनि प्रयोग गर्न सकिनेछ ।

गोलभेँडा:

गोलभेँडालाई ब्रेकफाष्टका रुपमा प्रयोग गरे अपेक्षित फाइदा हुने विज्ञहरूको भनाइ छ । ब्रेकफाष्टमा गोलभेँडा प्रयोग गरे शरीरलाई आवश्यक पर्ने मेटाबोलिजम उत्पादनमा सहयोग गर्छ । बेलुकाको खानामा गोलभेँडा नखान चिकित्सकहरूको सुझाब छ । गोलभेँडामा भएको पेक्टिनलाई शरीरले रातमा पचाउन सक्दैन । साथै, राती गोलभेँडा खाएमा पेटभित्रका तन्तु सुन्निने सम्भावना पनि हुन्छ ।

आलु:

 आलुलाई तरकारीको राजा पनि भनिन्छ । जुनसुकै तरकारीमा पनि मिसाउन मिल्ने हुँदा त्यसो भनिएको हो । तर, आलुलाई खाजाको रुपमा मात्रै प्रयोग गर्न चिकित्सकहरूको सल्लाह छ । यसमा हुने भरपुर खनिजले दिनभर ताजा बनाइ राख्न मद्दत गर्छ । बेलुकाको खानामा सकेसम्म आलुको प्रयोग नगर्न चिकित्सकहरुको सुझाब छ । किनकी यसमा हुने क्यालोरीले तौल बढ्न मद्दत गर्छ ।

  नट्स: 

बदाम, काजु किसमिस (नट्स) लगायतका खानेकुरा बिहान र बेलुका भन्दा पनि दिउँसोको खानासँगै खाँदा अपेक्षित फाइदा हुने चिकित्सकहरूको भनाइ छ । यस्ता खानेकुरा दिउँसो सेवन गर्दा रक्तचाप नियन्त्रणमा रहने र मुटुलाई स्वस्थ बनाउन मद्दत गर्ने भनाइ छ । रातको खानामा सकेसम्म नट्सलाई समाबेश नगर्न चिकित्सकहरूको सुझाब छ । यसमा भएको उच्च क्यालोरीले तिव्रगतिमा मोटोपन बढ्न सक्ने उनीहरुको भनाइ छ ।

केरा: 

केरा दिउँसोको खानासँगै खायो भने रोगप्रतिरोधात्मक क्षमताको विस्तार गर्नुको साथै छालालाई पनि सुन्दर बनाउँछ । बेलुकाको खानापछि केरा नखाँदा नै राम्रो हुने चिकित्सकहरूको भनाइ छ । बेलुका केरा खाँदा खकार बढ्ने र पाचन पक्रियामा पनि समस्या हुने उनीहरूको भनाइ छ ।

स्याउ:

स्याउ पनि राती भन्दा दिउँसो वा बिहान नै खान चिकित्सकहरूले सुझाएका छन् । बिहान वा दिउँसो स्याउ सेवन गर्दा स्याउमा हुने पेक्टिनले रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । रातको समयमा स्याउ सेवन गरे यसमा हुने पेक्टिनलाई पचाउन गाह्रो हुने र पेटमा एसिडको मात्रा बढ्न सक्छ ।

दही: 

दहीलाई बिषेशगरी रातको खानामा समावेश गर्न चिकित्सकहरूको सुझाब छ । दहीमा भएका विभिन्न तत्वले खानालाई छिटो पचाउन मद्दत गर्छ । यस्तै खाली पेटमा दही कहिल्यै सेवन नगर्न पनि उनीहरूले सुझाएका छन् । खाली पेटमा दही सेवन गरे पेटमा भएका पाचन तन्तुलाई नै नष्ट गर्ने सम्भावना हुन्छ ।

https://www.youtube.com/watch?v=OHAhPccPyOA

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार