काठमाडौं । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् ।उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा भाँचीएको जनाइएको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ ।

उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिए । घाइतेहरुको अनुहार पनि सुन्निएको छ । जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्ने डा. शर्माले बताए ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यो पनि पढ्नुहोस्, बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल–भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती। नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिर फुसले बारेका झुप्रा ।

दुई बस्तीका मानिसको भौगोलिक सिमाना र नागरिकता फरक। तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै । झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी वारि र पारिका बासिन्दाको आत्मीयलाई भौगोलिक सिमानाले छेकेको छैन ।

साह्रोगाह्रो र मर्दापर्दा एकअर्कालाई साथ दिन उनीहरू अघि सर्छन् । पारिपट्टिकी एक महिलाले मुठीभरि जिरा पैंचो लिएर गइन् । ‘मेरो भारतीय छिमेकी दिदी हो,’ स्थानीय साबिरा आलमले भनिन्, ‘यहाँ यस्तै सरसापटी र ऐंचोपैंचो चल्छ ।,’ उनका अनुसार दुई छिमेकीबीच भारतीय र नेपाली भन्ने छैन । परेका बखत सबैले सरसहयोग गर्छन् ।

भारततिर आधारभूत सुविधा शून्य छ । नेपालतिर आधारभूत सुविधा राम्रो पाएका नेपालीको बसोबास छ । ‘मेरो चार पुस्ताले यही ठाउँमा जीवन बिताए,’ श्री आधारभूत विद्यालयका शिक्षक मोहम्मद केसमुदिन हक भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

https://www.youtube.com/watch?v=OHAhPccPyOA&t=2s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार