काठमाडौं । हिजो बेलुका आएको हावाहुरीले देशका विभिन्न ठाउँमा ठुलो क्षति पुर्याएको छ । यो बिचमा आज पनि मौसम खुल्ने सम्भावना कम देखिएको छ ।
आज देशका धेरैजसो ठाउँको मौसम बदली भएर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखिएको छ । भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
केही ठाउँमा बिहानैदेखि बद्ली भएर पानी परिरहेको छ भने केही ठाउँमा अहिले आशिंक बद्ली भएको र दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ ।
जेष्ठ २० गते (सोमबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भु-भागका केही स्थानहरुमा तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेष्ठ २१ गते (मंगलबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
जेष्ठ २२ गते (बुधबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।







