भारतको लोक सभाका नयाँ सांसदमध्य झण्डै आधाविरुद्ध आपराधिक मुद्दा लागेको एक अध्ययनले देखाएको छ । सांसदमाथिको आपराधिक मुद्दाको यो दर सन् २०१४ को भन्दा २६ प्रतिशत बढी हो ।

‘एशोसियसन अफ डेमोक्रेटिक रिफर्म(एडीआर)’ नामक गैर सरकारी संस्थाले यसको अध्ययन गरेको थियो ।

एडीआरले विश्लेषण गरेको ५३९ विजयी उम्मेद्वारमध्ये २३३ अथार्त ४३ प्रतिशतलाई आपराधिक मुद्दा लागेको थियो ।

पार्टीगत रुपमा हेर्दा भाजपाका ११६ सांसदमाथि आपराधिक मुद्दा छन् । त्यो उसको कुल विजयी सांसदको ३९ प्रतिशत हो । त्यस्तै कंग्रेसका २९ जना(५७ प्रतिशत)माथि अदालतमा मुद्दा चलिरहेको छ । सबैभन्दा धेरै मुद्दा लागेका सांसद जेडीयूका छन् । नितिश कुमारको पार्टीका कुल विजयीमध्य ८१ प्रतिशत(१०) सांसदमाथि आपराधिक मुद्दा छ ।

त्यसबाहेक डीएमकेका १० जना (४३ प्रतिशत), टीएमसीका नौ जना(४१ प्रतिशत) सांसद पनि विभिन्न आपराधिक मुद्दा लडिरहका छन् ।

एडीआरको रिपोर्टमा तुलनाका लागि यस अघिका दुई लोकसभाका सदस्यमाझ कायम आपराधिक मुद्दाको तथ्याकं पनि समावेश गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार