प्रेस स्वतन्त्रता सेनानीले मिडिया काउन्सिल फिर्ता लिन माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरुले संसदमा दर्ता भएको उक्त विधेयक फिर्ता लिएर सरोकारवालाहरुसँग छलफल गर्न समेत सरकारसँग माग गरेका छन् ।

विभिन्न समयमा नेपाल पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित ३३ जना बरिष्ठ पत्रकार तथा लेखकहरुले संयुक्त जारी गरेर संसदमा दर्ता भएको उक्त विधेयक फिर्ताको लागि महासंघको जारी आन्दोनलमा आफूहरुको एक्येवद्धता रहेको बताएका छन् । विधेयक नेपालको संविधान, लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको सेनानीको दाबी छ ।

“प्रस्तावित विधेयक नेपालको संविधान, लोकतान्त्रिक मूल्य र मान्यता एवं, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध छ । यो विधेयक फिर्ता वा संसदमा छलफल हुनु पुर्व संशोधन नभएसम्म पत्रकार महासंघलगायतका संघ÷संस्थाहरुले थालेको अभियानमा हामी पे्रस स्वतन्त्रता सेनानीहरुको निरन्तर साथ रहनेछ” विज्ञप्तिमा भनिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक हक तथा मानवअधिकारको रक्षा गर्नु भएको बताउँदै प्रेस स्वतन्त्रता सेनानी सञ्चार स्वतन्त्रताका अभियान्ता र आम नागरिकहरुको संयुक्त न्यायिक आन्दोलनमार्फत विधेयक फिर्ता गरिछाड्ने दृढता समेत व्यक्त गरेका छन् ।

“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक हक तथा मानवअधिकारको रक्षा पनि हो, त्यसैले हामी सञ्चार स्वतन्त्रताका अभियान्ता र आम नागरिकहरुको संयुक्त न्यायिक आन्दोलनमार्फत सफलता हासिल गरिछाड्ने दृढता पनि व्यक्त गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

सेनानीहरुले विधेयक फिर्ता नभएर आफूहरु नेपाल पत्रकार महासंघसँगै सडकमा आउन तयार रहेको बताएको केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।

यस्तो छ विज्ञप्ति

गत बैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता गरी सरोकारवालाहरुसँग छलफल गरेर मात्र प्रक्रियामा लिन माग राख्दै नेपाल पत्रकार महासंघलगायत विभिन्न सञ्चार संस्थाहरुले गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र न्यायिक स्वतन्त्रताूको आन्दोलनमा सर्वप्रथम हामी ऐक्यबद्धता व्यक्त गर्दछौं ।

उक्त प्रस्तावित विधेयक नेपालको संविधान, लोकतान्त्रिक मुल्य र मान्यता एवं, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध छ । यो विधेयक फिर्ता वा संसदमा छलफल हुनु पुर्व संशोधन नभएसम्म पत्रकार महासंघलगायतका संघ÷संस्थाहरुले थालेको अभियानमा हामी पे्रस स्वतन्त्रता सेनानीहरुको निरन्तर साथ रहनेछ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक हक तथा मानवअधिकारको रक्षा पनि हो, त्यसैले हामी सञ्चार स्वतन्त्रताका अभियान्ता र आम नागरिकहरुको संयुक्त न्यायिक आन्दोलनमार्फत सफलता हासिल गरिछाड्ने दृढता पनि व्यक्त गर्दछौं । धन्यवाद ।

अर्जुन ज्ञवाली – रुपन्देही, २०५८

हरिहर विरही –काठमाडौं, २०६३

गोपाल थपलिया –काठमाडौं, २०६३

केशवराज पराजुली –कास्की, २०६३

भैरव रिसाल –भक्तपुर, २०६४

दुर्गा बराल –कास्की, २०६४

रामरिझन यादव –सिरहा, २०६४

मेघराज शर्मा –पाल्पा, २०६५

किशोर नेपाल –काठमाडौं, २०६६

सुरेश आचार्य काठमाडौं, २०६७

कौशल चेम्जोङ उदयपुर, २०६७

तारानाथ दाहाल काठमाडौ,ं २०६८

दिल सहानी रुपन्देही, २०६९

माधव आचार्य धनुषा, २०७१

गोविन्द सिंह थापा काठमाडौं, २०७१

सुशील गौतम दाङ, २०७१

कुसुमकेशव पराजुली कास्की, २०७१

कृष्णा ताम्राकार काठमाडौं, २०७१

गया यादव पर्सा, २०७१

रामनारायण देव सप्तरी, २०७१

रीता गुरुङ काठमाडौं, २०७१

शिवबहादुर कार्की (मोरङ्ग) , २०७३

याम प्रधान (सुनसरी २०७३

बद्रीविनोद प्रतिक (कास्की) २०७३

नारायण भट्टराई (कास्की) २०७३

झपेन्द्र वैद्य (प्यूठान) २०७३

चिरञ्जीवी अर्याल (सुर्खेत) २०७३

हर्ष सुब्बा (सुनसरी) २०७४

कन्हैयालाल केसरी (पर्सा) २०७४

बसन्त पोखरेल (रपन्देही) २०७४

राम केसी ( सिन्धुपाल्चोक) २०७४

धर्मेन्द्र झा (काठमाडौं) २०७५

गोपाल गुरागाई (काठमाडौं) २०७५

लगायत सबै सेनानीहरुको ऐक्यवद्धता रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार