एजेन्सी । बाटोमा हिँड्दा सडकमा धेरै कुराहरू भेटिन्छन्, जुन अपवित्र हुन सक्छ । धर्मशास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिँड्नु पर्छ । यदी बाटोमा हिँड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।
यसको ख्याल नगरी त्यस्ता चिजहरू छुनाले धेरै प्रकारका दोषहरूले हाम्रो जीवनमा नराम्रो प्रभाव पार्न सक्छन् । यी ७ चिजहरू सडकमा देखिएमा नछोइकन बँचेर हिँड्नु पर्छ ।
तन्त्रमन्त्रका चिजहरू नराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट पिछा छाड्नको लागि तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा फालिदिइन्छ । जस्तै खुर्सानी कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।
हड्डी बाटोमा हिड्दा सडकमा यदीकुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै हट्नुस । यसलाई छोएमा धेरै प्रकारका दोष हाम्रो जीवमा प्रभावित गर्न सक्छन । अन्डाको बोक्रा वा कुनै पन्क्षीको पंखेटा सडकमा देखेमा यसबाट बँच्नपर्छ ।
कपाल बाटोमा हिँड्दा तपाईले कपालको पोको देखेमा त्यसबाट टाढा हुनुहोस् र बँचेर हिड्नुहोस । शास्त्रका अनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।
शहरी क्षेत्रमामानिसहरु बाथरुममा नुहाँउछन तर गाँउमा मानिसहरू घरको बाहिर वा धारा, कुवा, ट्युवेल नजिकै नुहाँउछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदी बाटोमा हिँड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिँड्नुपर्छ ।
सडकमा हिँड्दा कहिलेकाहि खरानी भेटिन सक्छ तर त्यसबाटे बँचेर हिड्नु पर्छ । यो खरानी कुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ त्यसैले यसबाट परै हिँड्नमा ठीक हुन्छ ।
सडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ । त्यसैले यदी भुलवश छोएमा नुहाइ हाल्नुपर्छ ।
फोहोर कपडा बाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ । यस्ता कपडा छोएमा हामीलाई अपवित्र बनाउन सक्छ । त्यसैले यस्ता कपडा लाई छुन हुँदैन ।







