विमानमा बम राखिएको हल्ला भएपछि विश्वभरी सन्त्रास फैलिएको थियो । खचाखच यात्रु बोकेर उडिरहेको यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि विश्व नै त्राहित्राही बन्यो ।

त्यसपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाइएर चमत्कारीक ल्याण्ड गरायो । उक्त विमानलाई सकुशल अवतरण गराइएको जानकारी दिइएको छ । अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना गलत भएको पुष्टि भएको छ ।

फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालकदलका छ सदस्य थिए । नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएका थिए ।

उनी पनि सोही विमानको यात्रु भएको बताइएको छ । हाल प्रहरीले उनलाई अनुसन्धानका क्रममा सोधपुछ गरिरहेको र उनले त्यसमा सघाइरहेको बताइएको छ ।
सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४ः४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ ।बीबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार