श्रीमान विदेशमा यता वडाध्यक्षसँग श्रीमतीको मस्ती, यसरी भेटिए रंगेहात भक्तपुरमा
काठमाडौ । पछिल्लो समय नेपालमा कामका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दै गएको छ । विदेश जाँदा बिवाह गरेर जाने युवाहरुको संख्या पनि उत्तिकै रहेको छ ।
योबीचमा अहिले विदेश जाँदा नेपालमा श्रीमती अर्कैसँग बिवाह गर्ने गरेका घटनाहरु पनि बढ्दै गएका छन् । हरेक दिनजसो अहिले सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै गएपछि यस्तो डरलाग्दो खुलासा भएको छ । श्रीमान विदेश गएपछि गाउँबाट शहर आएका महिलाहरु आफ्ना सन्तानलाई होस्टल राखेर आफु मस्ति गर्दै हिड्ने गरेका केही घटना सार्वजनिक भएका छन् ।
अहिले यस्तै एक घटना बाहिर आएको छ । कुभिण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुवईमा थिए । उनले श्रीमतीको बारेमा गाईगुई सुनेका थिए । २० दिन अघि काठमाडौं फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन ।परिवारका केहि सदस्यबाट छोरा होस्टलमा राखेको थाहा भयो । सिनामगंगलको होस्टलमा छोरा राखेको थाहा पाए । श्रीमतीसंग सम्पर्क कायम गर्नका कयौं प्रयत्न गरे तर सकेनन ।सिन्धुली तिनपाटन माईती भएकी २७ वर्षीया श्रीमतीलाई कविराजले सिन्धुलीमै छोडेर विदेश गएका थिए । उता केहि वर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजि गरिरहेकी थिईन ।
काठमाण्डौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । दुवै मिलेर खोज्न थाले । भक्तपुरको चारदोवाटोमा कोठा रहेको र दुवै श्रीमान श्रीमती भएर बसेको जानकारी पाएपछि खोज्दै उनीहरु भएको कोठामा पुगे । बाहिर माझीको मोटरसाईकल राखिएको थियो । कृष्णमायाले मोटरसाईलक चिनेपछि प्रहरीलाई बोलाइन् ।
प्रहरी आएपछि कोठा खोल्न लगाउदा दुवै सगैं भेटिए । श्रीमान श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केहि तस्विरहरु पनि कोठामा सजाएको भेटिएको छ । गोपाल माझी र कृष्णमायाका ८ वर्षीय छोरा छन ।
उनी गोपालसगैं छन । गोपाल र कृष्णमाया बेग्लाबेग्लै वस्ने भएपनि सम्बन्ध बिच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनन् । कृष्णमायाका अनुसार ४ दिन अघि गोपालले ती महिलालाई भलुवाजोरको कुनौरीमा लगेका थिए ।
गोपालले नयाँ घर बनाएर बसेका छन् । गृह प्रवेशका अवसरमा ती महिला पनि आएकी थिईन । यसरी अर्काकी श्रीमतीसँग रंगेहात फेला परेका गोपालबहादुर माझी रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष हुन् ।
अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि उनी अहिले प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । janaboli