काठमाडौ । सोलुखुम्बु प्रहरीले गए राति नेत्रविक्रम चन्द विप्लव समूहले आक्रमणको प्रयास गरेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काम प्रहरी चौकीमा थप सुरक्षा फौज सहितको प्रहरी टोली खटाएको छ ।

सहायक प्रहरी निरीक्षकको कमान्डमा ६ जना प्रहरी कार्यरत रहेको चौकीमा गए राति विप्लव समूहले आक्रमणको प्रयास गरेपछि प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी खटाइएको हो ।

सोलुखुम्बु प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार सुरक्षा खतरा देखाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा चौकीको सुरक्षका लागि थप प्रहरी खटाइएको हो ।

‘सम्भावित आक्रमणलाई मध्यनजर गरेर चौकीमा अर्को टोली खटाइएको हो । हतियार धारी समूहमाथि खोजी भइरहेको छ,’ सुवेदीले भने ।

यता सोलुखुम्बु घटनाबारे जानकारी लिन गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीलाई गृह मन्त्रालय बोलाएका छन् । गृह मन्त्रालयका अनुसार सोलुखुम्बु घटनाबारे दुवै संगठनको धारणा बुझ्न प्रमुख सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई गृहमा बोलाइएको हो ।

बैठकमा विप्लवको गतिविधिबारे थप सुरक्षा सतर्कता अपनाउने विषमा छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार