काठमाडौ । स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बिहान झापाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका २ स्थित धरमपुर चौकमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको १० प ८१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको मे ७ प १६८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा झापा शिवसताक्षी १ बस्ने २७ बर्षीया रञ्जना खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी स्कुटर चलाएर बाटो काट्दै गरेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिनुभयो । स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालक बिर्तामोड ५ का १७ वर्षीय मौसम पाण्डे सामान्य घाइते भएका छन् ।

यस्तै, विद्यार्थीमाथि कुटपिट गरेर मिलापत्र भएको ८ दिनपछि सोमबार शिक्षिका पक्राउ परेकी छिन् । रोल्पाको रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा समयमा नआएको विद्यार्थीलाई यातना दिएकीथिइृन् ।

विद्यालयका प्रधानाध्यापक झगबहादुर भण्डारी पुनलाई निमित्त प्रअको जिम्मेवारी दिएर गाउँपालिकाले गरेको एसआईटी ट्रेनिङमा गएका बेला लक्ष्मीले विद्यार्थीमाथि कुटपिट गरेको जानकारी दिइएको छ ।

उनले समयमा नआएको भन्दै १४ विद्यार्थीलाई कुर्सीको खुट्टाले कुटपिट गरेकी थिइन् । शिक्षिकाको पिटाइबाट भीमकुमारी बाँठा, गौरी घर्ती, निर्मला पुन, शान्ता नेपाल र विमला रोकाको हात भाँचिएको छ ।

https://www.youtube.com/watch?v=QO4IngCbHpw

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार