केही दिनदेखि नायिका वर्षा राउत पहिरन विवादमा तानिएकी छिन् ।
चलचित्र जात्रै जात्राको अस्ट्रेलिया शोमा पुगेकी वर्षाले अलि बढी नै खुलेको पहिरन लगाएकी थिइन् जसका कारण सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । उनको पहिरनलाई लिएर धेरै ट्रोलहरु बनाइएका छन् ।
यही बीचमा वर्षाको बचाउमा उनका पति संजोग कोइराला आएका छन् । उनले वर्षालाई सधैं सही कुरा भन्न र गर्न नसक्ने स्वीकार गर्दै पूर्ण होइन वास्तविक बन्न प्रेरित गरेका छन् ।
संजोगले ‘तिमी सधैं सही कुरा भन्न र गर्न सक्दिनौ, त्यो ठिक छ’ भनेर लेख्दै उनले पहिरनमा केही सोच पुर्याउन नसकेको भए पनि आफूले साथ दिने बताएका हुन् ।
भिडियो हेर्नुहोस –
https://youtu.be/2EZxbingh8I







