खुट्टा फर्कने समस्या महिला,पुरुष दुबैमा हुन्छ तर धेरैजसो महिलाहरुमा देखिने खुट्टा फर्कने समस्या गर्भावस्था वा महिनावारीको समयमा सबैभन्दा बढी हुने गर्दछ। सबैभन्दा पहिलो के कारण खुट्टा फर्कने वा दुख्ने हुन्छ पत्ता लगाउन आवश्यक हुन्छ। यदि गर्भावस्थाका कारण हो भने त्यसैअनुसारको उपाय अनाउनु पर्ने हुन्छ। बच्चालाई हो भने खुट्टाको मालिस गर्नुपर्छ। तर, यदि यस्तो समस्या लामो समयसम्म रहिरहन्छ भने चिकित्सक कहाँ पुगिहाल्न आवश्यक छ।
खुट्टा फर्कने समस्याका कारण धेरै हुन सक्छन्, जस्तै मांसपेशी खुम्चने, मांसपेशीको थकान, धेरै हिड्नाले, तनाव, व्यायाम। यस समस्यालाई कम गर्ने उपाय यस्ता छन् :
१. तेलले मालिस गनुहोस्
खुट्टा फर्कने वा ऐठान पर्ने समस्याबाट छुटकारा पाउनका लागि तोरी अथाव दौनीको तेलले खुट्टालाई मालिस गर्नुहोस, त्यसपछि कपडाले बेर्नुहोस्। तोरीको तेलमा एसिटीक एसिड हुन्छ, जसले शरीरको कुनै पनि भागमा दुखेको ठाउँमा लगाएर मालिस गरे दुखाई कम हुन्छ।
२. मनतातो पानीले नुहाउने
रातको समयमा खुट्टा फर्कन वा दुख्ने भएमा तपाई मनतातो पानीले नुहाउन सक्नुहुन्छ। अथवा दुखेको ठाउँमा ‘हट प्याड’ पनि राख्न सक्नुहुन्छ। प्रायजसो, यस्तो उपाय साधारण दुखाईबाट राहत पाउन प्रयोग गरिन्छ।
३.क्याल्सियम, पोटासिय र म्याग्नेसियम युक्त भोजन खाने
हड्डि कमजोर भई खुट्टा फर्कने अथवा ऐठान पर्ने समस्या हुन्छ । यदि रातको समयमा खुट्टा फर्कने समस्या छ भने चिकित्सकसँग सल्लाह गरेर भिटामिन–डी, क्याल्सिय, म्याग्नेसियम तथा पोटासियम सप्लिमेन्ट सेवन गर्नुहोस्। यसका लागि तपाईले दैनिक खानको रुटिनमा गेडागुडी, अनार, केरा तथा सुन्तलालाई लिन सक्नुहु्न्छ।







