भारतीय वायु सेनाको एउटा जहाज सोमबार दिउँसो हराएको छ।
पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय वायू सेनाको एएन–३२ विमान चीनको सीमाना नजिक बेपता भएको हो ।
उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो। टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ। मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्छ।







