विभिन्न सञ्चारमाध्यमहरुमा प्रतिवन्धित विप्लव नेकपाले गएराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी आक्रमण गर्न खोजेकोबारे समाचार आएपछि गृहमन्त्रालयले त्यसलाई हल्ला मात्रै भएको स्पष्ट पारेको छ ।

सोमबार गृह प्रवक्ता रामकृष्ण सुवेदीले आक्रमणको प्रयास हल्ला मात्रै भएको बताउनुभएको हो । यद्यपी गएराति छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न २५–३० जनाको सविप्लव नेकपाका कार्यकर्ता गएको स्रोतको दावी छ ।

विप्लव नेकपाका कार्यकर्ताहरुले पनि आक्रमणका लागि चौकीमा पुग्दा प्रहरीहरु भागेर कोही नभएको दाबी गरेका छन् । यता सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा आईतबार राति प्रतिवन्धित विप्लव नेकपाको नेकपा कार्यकर्ताको गतिविधि बढे लगत्तै सोमबार बिहानबाटै सुरक्षा सतर्कता बढाइएको छ ।

गएराति छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न २५–३० जनाको समूहमा विप्लव नेकपाको प्रयास असफल भएको प्रहरीको अनुमान थियो । कतिपयले सञ्चार माध्यमहरुले आक्रमण नै भएको दाबी गरेपनि चौकी नजिकै रहेका स्थानीय र गृह मन्त्रालयले नै आक्रमण नभएको जानकारी गराइसकेका छन् ।

यता, विप्लव नेकपाले भने आक्रमणका लागि चौकीमा पुग्दा प्रहरीहरु भागेर कोही नभएको दाबी गरेका छन् । असईको कमाण्डमा रहेको चौकीमा सातजनाको दरबन्दी भएपनि आईतबार चारजना मात्र रहेको जनाइएको छ ।

प्रमूख जिल्ला अधिकारी नरेन्द्र मगरले आक्रमण नभएको भन्दै विप्लव नेकपाको गतिविधि बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको बताउनुभयो ।

स्रोतका अनुसार केही हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए । यसैबीच चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।

सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको स्रोतको दावी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार