राजधानी नजिकै भएको विस्फोटमा ज्यान गुमाउनेहरुको संख्या १७ पुगेको छ । लामो समय देखि द्धन्दको चपेटामा पर्दै आएको सीरियामा यस्तो विस्फोट भएको हो ।
राजधानी दमाश्कस नजिकै अजाज शहरमा हिजो बेलुका भएको आत्मघाति कार विष्फोटमा ४ बच्चासहित १७ जनाले ज्यान गुमाएका छन ।

विस्फोटमा घाइते २५ मध्य केहीको अवस्था गम्भीर भएको भन्दै मृतकहरुको संख्या अझै बढ्न सक्ने बताइएको छ । समाचार एजेन्सी अनुसार यो फिदायीन हमला थियो जुन शहरको मध्य क्षेत्रमा मस्जिद नजिकै इफ्तारकाबीचमा भएको हो ।
अजाज शहर तुर्की समर्थित सीरियाली विद्रोहीको कब्जामा रहेको छ । यस विस्फोटको कसैले जिम्मा लिएको छैन । यस्तै आइतबार नै इजराइलले सीरियामाथि गरेको रकेट आक्रमणमा कम्तीका १० जना मारिएका छन् ।
इजरायलले सीरियामाथि जवाफी कारबाही गरेको हो यो भन्दा पहिले सीरियाले इजरायलमाथि २ वटा रकेट छोडेको थियो । बेलायत स्थित निगरानी संस्था ‘सीरियन अब्जर्वेटरी फर ह्यूमन राइट्स’ अनुसार इजरायलले गरेको आक्रमणमा ५ सर्वसाधारण र ५ जना सैनिक मारिएका छन् ।
सीरियाले इजराइलको कब्जामा रहेको गोलन हाइट्समा शनिबार राति आक्रमण गरेको थियो । समाचार एजेन्सीका अनुसार एउटा रकेट बम इजरायल सीमा क्षेत्रमा खसेको थियो ।
यो आक्रमणलाई लिएर इजराइलका प्रधानमन्त्री बेन्जिमन नेतन्याहूले भने, ‘हामी हाम्रो सीमामा कुनै प्रकारको आक्रमण सहन सक्दैनौं, हामी यसको कडा रुपमा जवाफ दिन्छौ ।’ यसरी हेर्दा ज्यान गुमाउनेहरुको संख्या २७ पुगेको छ । एजेन्सी







