सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ४ भएको छ । रसुवामा टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने थप तीन जना बेपत्ता भएका छन् । सोमबार साँझ पोखराबाट रसुववाको आमाछोदिङ्गो गाउँपालिका जाँदै गरेको बा १० च ५८२० को टाटासुमो गोसाइँकुण्ड गाउँपालिका गुम्चेतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रसुवा प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा रसुवाको आमाछोदिम्मो–४ का ३२ वर्षीय नोर्बु लातमाङ, सोही ठाँउ बस्ने साइँली घले र मेन्दु घले रहेको प्रहरीले जनाएको छ । त्यस्तै पासाङदे घले, कामी याङ्जेन तामाङ र प्रलेतङ घले बेपत्ता भएको भण्डारीको भनाइ छ । दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरूको उपचार ग्रिनसिटी अस्पतालमा भइरहेको छ । अन्य तीन जनाको उपचार न्यूरो अस्पताल बाँसबारीमा भइरहेको प्रहरीले जनाएको छ । यस्तै, आइतबार राति गुल्मीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मुत्यु भएको छ । लु २ त ३३९३ नम्बरको ट्रयाक्टर रेसुंगा नगरपालिका छल्दीदेखि चेक्मी जादै गर्दा रेसुंगा नगरपालिका–७ लसुने डाँडामा दुर्घटना हुँदा मदाने गाँउपालिका–६ का २१ वर्षीय मधु नेपालीको घटना स्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

घाइते मदाने गाँउपालिका–६ का अबि कुँवर र धुर्कोट गाँउपालिका–२ का निरज नेपालीको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने चालक मदाने गाँउपालिका–६ का वसन्त सुनार फरार रहेको र उनको खोजी कार्य जारी जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खडकाले जानकारी दिनुभयो ।janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार