भारतीय वायुसेनाको बेपत्ता भएको विमानको खोजी अहिलेसम्म पनि जारी रहेको बताइएको छ ।

यसकालागि स्थल सेनाको पनि सहारा लिइएको छ । वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकबाट बेपत्ता भएको थियो ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार रातभरी नै खोजी कार्य जारी रहेको छ । यो खोजी कार्यमा विशेष अपरेसनमा प्रयोग हुने एयरक्राफ्ट सी— १३० , एएन— ३२ एस, एमआई —१७ चौपर र स्थल सेनाका कैयौं आधुनिक हेलिकप्टर सामेल रहेका थिए । यसबाहेक भारतीय वायुसेनाका कैयौं अन्य सरकारी तथा सिभिल एजेन्सीको पनि मद्धत लिइएको छ ।

वायु सेनाका प्रवक्ताले बताए अनुसार रातभर अलग अलग टिमले खोजी कार्य गरिरहेका छन् । भारतका रक्षामन्त्री राजनाथ सिंहले एयर मार्सलका उपप्रमुख राकेश सिंह भदौरियासँग खोजी कार्यका बारेमा जानकारी लिएका थिए ।

१३ व्यक्ति सहित असमको जोरहाटबाट उडान भरेको एएन—३२ बिमान ३५ मिनेटपछि नै राडारको सम्पर्कबाट बाहिरिएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार